५ वैशाख २०८१ बुधबार
अर्थ

औद्योगिक प्रदर्शनी चैतमा

काठमाडौं - स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन र तिनको उपभोग बढाउन २९औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।

‘स्वदेशी वस्तु उपयोग गरौं, समृद्धितर्फ अगाडि बढौं’ नाराका साथ घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आगामी चैत ९ देखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला हुन लागेको हो ।
समितिका कामु सह–कार्यकारी निर्देशक सुरेन्द्र थापामगरले साना उद्योगबाट स्थानीय स्तरमा उत्पादित सामग्री प्रदर्शनीका लागि उक्त मेला आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।

मेलामा गलैँचा, अल्लोका कपडा, ऊनीको धागो, मादल, नेपाली कागजबाट निर्मित वस्तु, विभिन्न किसिमका अचारका परिकार, काठबाट निर्मित वस्तु, भोजपुरे खुकुरी, पाल्पाली ढाका, पश्मिनाका कपडा लगायत सामग्री राखिने समितिले जनाएको छ ।सह–कार्यकारी निर्देशक थापामगरले प्रत्येक जिल्लाका दुईवटाका दरले कक्ष रहने बताए । ‘प्रत्येक जिल्लाबाट दुईवटा कक्षलाई निःशुल्क व्यवस्था मिलाएका छौं, बाँकी कक्ष राख्न चाहेमा पैसा तिरेर राख्नुपर्ने हुन्छ,’ उनले भने । समितिले हरेक वर्ष मेला गर्दै आएको छ ।

 

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App