६ वैशाख २०८१ बिहीबार
अर्थ

फागुन पहिलो साता अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी

काठमाडौं – कृषि क्षेत्रको व्यावसायिक विकासमा सहयोग पु¥याउने उद्देश्यले आगामी फागुन पहिलो साता बृहत् अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा प्रदर्शनी आयोजना गर्न लागेको हो।

भृकुटीमण्डपमा आयोजना हुने चारदिने प्रदर्शनी फागुन ३ देखि ६ गतेसम्म चल्नेछ । दोस्रोपटक आयोजना गर्न लागिएको प्रदर्शनीमा नेपाल, चीन, भारत, मलेसिया, ताइवान, इटाली, इजरायल, बंगलादेश, जर्मनी, नेदरल्यान्डसलगायत देशका एक सय २० भन्दा बढी प्रदर्शनकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पशुपालन तथा पोल्ट्री उद्योग लगायतसँग सम्बन्धित विभिन्न प्रविधिको प्रदर्शनी गरिनेछ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

‘प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना औजार र मेसिन, कृषि, डेरी तथा पशुपंछीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको प्रदर्शनी र डेमोसमेत गरिनेछ,’ मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले भने, ‘नेपालको कृषि क्षेत्रको यन्त्रीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोसेढुंगा सावित हुने विश्वास छ ।’ प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने उनले बताए । ‘विदेशमा भएका प्राविधि भिœयाउने र नेपालका परम्परागत प्रविधिलाई प्रवद्र्धन गर्ने प्रदर्शनीको लक्ष्य छ,’ उनले भने, ‘प्रदर्शनीमा नेपाली कृषकद्वारा उत्पादित कृषि उत्पादनको बजारीकरण एवं खरिद–बिक्री गर्ने उद्देश्यले छुट्टै ‘एग्रो मार्ट’ व्यवस्था गरिनेछ।’

प्रदर्शनीकै अवसरमा कृषि गोष्ठीसमेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ । फागुन ४ र ५ गते प्रदर्शनीस्थलमा आयोजना हुने गोष्ठीमा ‘समृद्धिको लागि बाख्रा’, ‘जलवायुमैत्री खेती’, ‘किसानको लागि प्रविधि’, ‘सम्पन्न किसान देशको मान’ लगायत शीर्षकमा छलफल हुने जनाएको छ । ‘कृषि क्षेत्रको व्यावसायिक विकास तथा किसानहरुलाई नवीन प्रविधि र ज्ञानबारे जागरुक गराउने उद्देश्यले गोष्ठी आयोजना गर्न लागेका हौं,’ भट्टराईले भने, ‘गोष्ठीमा कृषि क्षेत्रमा संलग्न कृषक, उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी लगायतको सहभागिता रहनेछ।’
 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App