१५ चैत्र २०८० बिहीबार
अर्थ

केएल मोबाइल हबमा मोबाइल मेला

काठमाडौं– भ्यालेन्टाइन डेलाई लक्षित गर्दै केएल मोबाइल हबले बाई वान गेट वान फ्री अफर सहित मोबाइल मेला आयोजना गर्ने भएको छ । चाबहिल चुच्चेपाटी स्थित केएल टावरको भुइँ तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित मोबाइल मेला आयोजना गर्न लागेको हो ।

भ्यालेन्टाइन डेको अवसर पारेर मोबाइल हबले फेब्रुअरी १३ देखि १५ दिनसम्म मोबाइल मेला आयोजना गर्ने भएको हो । मेलामा मोबाइल खरिद गर्दा सिनेमाको टिकटदेखि विदेश यात्रासम्मको उपहार पाउने हबले जनाएको छ । मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाभुमा चार हजार रुपैयाँ बराबरको दुईजनालाई प्रवेश कुपन दिनेछ ।

मेला अवधिभर विभिन्न किसिमका खेल तथा अफरहरु सञ्चालन गर्नेछ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेले उपहार र छुट पाउने छन् ।मेला अवधिभर आयोजना हुने फोटो कन्टेस्टमा पहिलो र दोस्रो हुनेलाई क्रमशः ओप्पोको एफ फाइभ मोबाइल तथा भिभोकोे भी ७ मोबाइल प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक ग्लाइडरले जानकारी दिए ।

प्रकाशित: २९ माघ २०७४ ००:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App