६ चैत्र २०८० मंगलबार
अर्थ

६ सयले महँगियो सुन

काठमाडौं– सुनको मूल्य एकै दिन प्रतितोला ६ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ६ सयले बढ्दै ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ५७ हजार आठ सय पुगेको हो ।

गत हप्ता शुक्रबार ५७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आइतबार ६ सयले घटेर ५७ हजार दुई सय कायम भएको थियो । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावले स्थानीय बजारमा पनि सुनको मूल्य तलमाथि भइरहेको छ ।

महासंघका अनुसार यो हप्ता सुनको भाउ बढ्नुमा अमेरिकी डलर, तेलको भाउ, रोजगारी र अमेरिकी अर्थतन्त्रको भूमिका छ । अमेरिकी डलर कमजोर बन्दै गएको छ भने तेलको भाउ बढेको छ । साथै, राजेगारी दर घटेको कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको हो । अमेरिकी अर्थतन्त्र र राजनीतिक गतिविधिका कारण यो हप्ता सुन र चाँदीको भाउ अझ बढ्न सक्ने सम्भावना रहेको महासंघले जनाएको छ ।

मंसिरमा चार महिनाकै सस्तो भएको सुन त्यसयता क्रमशः बढ्दै गएको छ । त्यसबेला अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउने भनेकाले लगानीकर्ता सुनबाट सेयरमा गएका थिए । पछिल्लो समय भने अमेरिकी सेयर बजार खस्किँदै गएको छ ।अमेरिकी सेयर बजार खस्किँदै गएका कारणले पनि सुनमा लगानी बढ्दै जाँदा मूल्यवृद्धि भएको हो ।

प्रकाशित: २४ माघ २०७४ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App