१५ चैत्र २०८० बिहीबार
अर्थ

रिलायन्स–नव कान्तिपुर सम्झौता

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्स र नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाबीच नवकान्तिपुरले संस्थागत अभिकर्ताको रुपमा आफ्ना सदस्यलाई रिलायन्सद्वारा जारी बिमालेख बिक्री गर्ने सम्झौता भएको छ । सम्झौतामा रिलायन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नवकान्तिपुरका प्रबन्ध निर्देशक शिवप्रसाद सिटौलाले हस्ताक्षर गरेको रिलायन्सले जनाएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो । यसको कुल पुँजी दुई अर्ब १० करोड र चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ । सोमध्ये बाँकी ६३ करोडको साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पननिले जनाएको छ ।

प्रकाशित: २४ माघ २०७४ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App