७ वैशाख २०८१ शुक्रबार
अर्थ

आइएमई र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।

उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन्। 

उक्त सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरूले जनता बैंक नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्तगर्न सक्नेछन्।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ४२ स्थानबाट आफ्ना शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। ग्राहकलाई लक्षित गर्दै कम्पनीले विभिन्न १० वटा योजनाहरू बजारमा ल्याएको छ। 

कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । 

प्रकाशित: २३ माघ २०७४ १५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App