७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपाल बिल्डकन तथा उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाडौं – यही माघ २६ बाट ‘चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा प्रदर्शनी आयोजना गर्न लागेका हुन् । निर्माण तथा काष्ठ क्षेत्रमा नयाँ प्रविधि भिœयाउने तथा नेपालमा उपलब्ध सामग्री र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

माघ २६, २७ र २८ गते भृकुटीमण्डपमा हुने प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, जर्मनी, इटालीलगायत देशका दुई सय २० भन्दा बढी निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताले निर्माण तथा काष्ठ व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउनेछन् । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिकबाहेक निर्माण तथा काष्ठ क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर्स, इन्टेरियर डिजाइनरलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

तीन वर्षदेखि आयोजना गर्दै आएको यो प्रदर्शनी यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन कोसेढुंगा साबित हुँदै आएको छ,’ आयोजक मिडिया स्पेसद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएकोछ,‘यसपटकको प्रदर्शनीमा हेभी इक्विपमेन्ट र प्रिफेब्रिकेटेड हाउसको पनि सहभागिता रहने छ ।’ नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा प्रदर्शनीले टेवा पुर्याउने आयोजकको विश्वास छ ।

महिन्द्रा तथा निप्पोन पेन्टस्को प्रायोजन रहने प्रदर्शनीमा नेपाल इन्जिनियरिङ एसोसिएसन लगायत विभिन्न संघ–संस्थाले सहयोग गरेका छन् । तीनदिने प्रदर्शनीमा ४० हजारभन्दा बढी दर्शक सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा निःशुल्क सहभागी हुन सक्ने मिडिया स्पेसका निर्देशक सृजल भट्टराईले बताए । ‘योपटक प्रदर्शनीलाई अझ बृहत् र भव्य बनाउने तयारी गरेका छौं,’ उनले भने, ‘नेपालमा ठूला विकास निर्माण कार्यले तीव्रता पाइरहेको सन्दर्भमा यो प्रदर्शनी मुलुककै लागि फलदायी हुनेमा विश्वस्त छौं ।’

महिन्द्रा एन्ड महिन्द्रा प्रालिका कन्ट्री डाइरेक्टर चैतन्य कगाकरले प्रदर्शनीलाई आफ्नो उत्पादन र प्रविधिको बारेमा जानकारी दिने उत्कृष्ट मञ्चको रुपमा लिएको बताए । निर्माण सामग्री उत्पादक र निर्माण व्यवसायीका लागि यो महत्वपूर्ण अवसर बन्न सक्ने उनको भनाइ छ ।फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस्का निर्देशक नमित गुप्ताले नेपालको विकास निर्माण आयोजनाका लागि सुहाउँदो प्रविधि र निर्माण सामग्री भित्र्याउन प्रदर्शनीले भूमिका खेल्ने बताए ।
 

प्रकाशित: २२ माघ २०७४ ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App