coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भारत नेपाल व्यापार मेला देहरादुनमा

भीमदत्तनगर-  भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी देहरादूनमा शुक्रबारदेखि दोस्रो भारत नेपाल व्यापार तथा पर्यटन महोत्सव शुरु भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलाको भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले उद्घघाट्न गर्दै उत्तराखण्ड सरकार दुई देशबीच व्यापारिक र पर्यटन सम्बन्ध स्थापित गर्न तयार रहेको धारणा राखे ।

वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले दुई देशबीच व्यापारिक र पर्यटन महोत्सवले निकै फाइदा पुग्ने विश्वास व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले व्यापार र पर्यटन मेलाले स्वदेशी उत्पादनले बजार पाउने बताए ।

मेलामा नेपाल र भारतका कृषि उत्पादन, हस्तकला र विजयसालका सामग्री, जडीबुटी, खाद्य वस्तुका साथै पहिचान झल्काउने वस्तुका ५० भन्दा बढी कक्ष राखिएको कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्लले जानकारी दिए । कञ्चनपुर उद्योग वाणिज्य संघको पहलमा भएको मेला यही माघ २५ गतेसम्म सञ्चालन हुनेछ । रासस
 

प्रकाशित: २० माघ २०७४ ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App