७ वैशाख २०८१ शुक्रबार
अर्थ

बुद्धिस्ट सर्किट्स पर्यटनमा विश्व बैंकले सघाउने

काठमाडौं – नेपाल, भारत, पाकिस्तान र श्रीलंकामा रहेका बौद्ध सम्पदालाई एकीकृत बुद्धिस्ट सर्किट्स गन्तव्यका रूपमा विकास र प्रवद्र्धन गर्न विश्व बैंकले नयाँदिल्लीमा सरोकारवालासँग छलफल गरेको छ ।

नेपाल र भारतका बौद्ध सम्पदा जोडेर सीमापार बुद्धिस्ट सर्किट्स पर्यटन प्रवद्र्धन गर्दै आएका नेपाली पर्यटन व्यवसायी विक्रम पाँडेले उक्त छलफलमा यो पर्यटन मार्गमा उपलब्ध सुविधाका साथै अप्ठेराबारे सहभागी सबैलाई अवगत जानकारी गराएका थिए ।  

सरकार र बुद्धिस्ट सर्किट्समा आबद्ध व्यवसायीबीच सेतुको रूपमा काम गरी त्यहाँ रहेका असहजता सल्टाई भगवान बुद्धको जीवनसम्बद्ध ऐतिहासिक धरोहरमा पर्यटक आवागमन सहज बनाउन आवश्यक भूमिका खेलिदिन लुम्बिनी विकास कोषका सद्भावनादूत समेत रहेका पाँडेले विश्व बैंकलाई आग्रह गरे ।

छलफलमा भारतका सरोकारवालाले आफ्नो देशका बौद्ध सम्पदामा पर्यटन गतिविधि सञ्चालन गर्दा आइपरेका अप्ठेरााबरे जानकारी गराएका थिए । बुद्धिस्ट सर्किट्स पर्यटन गतिविधिप्रति भारतको रवैया सन्तोषजनक नभएको भन्दै उनीहरूले यस क्षेत्रमा पर्यटनको दिगो विकास गर्न भारत सरकारको रवैया परिवर्तन हुनुपर्ने बताएका थिए । भारत बिहारस्थित नालन्दा विश्वविद्यालयका प्राध्यापक रविन्द्र पन्थले बुद्धिस्ट सर्किट्स पर्यटन प्रवद्र्धन र विकासमा भारत सरकारबाट पाइराखेको सहयोग अपर्याप्त भएको बताए ।
त्यसपछि विश्व बैंकको दक्षिण एसियाका लागि संस्कृतिक सम्पदा तथा सहभागितामूलक पर्यटन विकासका वरिष्ठ विकास योजनाकार स्टेफेनी अबकेर्लीले बुद्धिस्ट सर्किट्समा क्रियाशील निजी क्षेत्र र सरकारी संयन्त्रबीच बैंकले सहजकर्ताको भूमिका खेल्ने बताइन् ।
 

प्रकाशित: १८ माघ २०७४ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App