७ वैशाख २०८१ शुक्रबार
अर्थ

१ करोड बक्यौता रकम असुल गर्न बाँकी

सप्तरी – खानेपानी संस्थान राजविराजले २०७४ पुस मसान्तसम्म रु १ करोडभन्दा बढी बक्यौता रकम असुल गर्न बाँकी रहेको जनाएको छ। 

ग्राहकबाट रकम असुली नहुँदा कार्यालयको राजश्व संकलन प्रभावित भएको छ भने नयाँ ग्राहक थप्न समस्या भइरहेको छ । कार्यालयका अनुसार विभिन्न संघसंस्था, विद्यालय र सरकारी कार्यालयलबाट रु १ करोड ११ लाख ६० हजार बक्यौता रकम असुल्न बाँकी रहेको छ। 

पूर्व सचिव विन्देश्वरप्रसाद सिंहबाट रु १ लाख १२ हजार, जिल्ला साझा संघबाट रु १ लाख ३१ हजार, केशो अनिरुद्धवती माध्यमिक विद्यालयको रु १ लाख २९ हजार, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको रु १ लाख २९ हजारलगायत अन्यबाट पानीको महसुल असुल गर्न बाँकी रहेको खानेपानी संस्थान राजविराजले जनाएको छ। 

बक्यौता रकम बुझाउन कार्यालयले पटक पटक ताकेता गर्दा पनि बुझाउन नमानेका कतिपय ग्राहकको खानेपानीको धाराको लाइन काटिने कार्य शुरु गरेको संस्थानका लेखा अधिकृत अजय बरियैत यादवले बताए । विसं २०५६ देखि संस्थानले वितरण गर्दै आएको खानेपानी धारा हाल राजविराज नगरपालिकाको दुई हजार ४७९ को घरमा जडान गरिएको छ।  (रासस)

प्रकाशित: १६ माघ २०७४ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App