६ वैशाख २०८१ बिहीबार
अर्थ

सामसङको ग्यालेक्सी जे ७ एनएक्स्टी३२ जिबी सार्वजनिक

काठमाडौं – सामसङले नेपाली बजारमा ग्यालेक्सी जे सेवेन एनएक्स्टी सार्वजनिक गरेको छ । यो फोनमा जीवन्त दृश्यानुभूतिका लागि ५.५ इन्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले विस्तृत विवरण र वास्तविक रङ सम्प्रेषण गरी प्रयोगकर्तालाई उत्कृष्ट दृश्यानुभव प्रदान गर्ने बताइएको छ  ।

यसमा शक्तिशाली एक्जिनोस ओक्टा कोर प्रोेसेसर १.६ जिएचजेड प्रोसेसरको प्रयोग गरिएको छ । यसमा रहेको अत्याधुनिक अक्टाकोर प्रोसेसर र ३ जिबी र्यामले डाउनलोड गर्न, गेम खेल्न, एकबाट अर्को एप्समा स्विच गर्ने लगायत कार्य सहज रुपमा गर्न सघाउने कम्पनीको दाबी छ । फोनमा आन्तरिक सञ्चय क्षमताका लागि ३२ जीबी क्षमताको रोम उपलब्ध गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रियर सटका लागि फोनमा एफ १.९ एपर्चर सहितको १३ मेगापिक्सेल क्षमताको क्यामेरा छ । सेल्फीका लागि एफ २.२ एपर्चर सहितको ५ मेगापिकसेल क्षमताको क्यामेरा जडान गरिएको छ । यसको मूल्य २१ हजार नौ सय ९० तोकिएको छ ।

 

प्रकाशित: १६ माघ २०७४ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App