१५ चैत्र २०८० बिहीबार
अर्थ

यातायातमा १२ अर्ब राजस्व संकलन

काठमाडौं – यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब एक करोड ९६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागबाट सवारी साधन करबापत संकलन गरिएको यो रकम आघिल्लो आवको तुलनामा ९७ करोड ३१ लाख दुई हजार रुपैयाँ बढी हो । गत वर्ष (आव ०७३÷७४) को यही अवधिमा विभागले चार अर्ब ८५ करोड ६३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । विभागको तथ्यांकअनुसार यो वर्ष राजस्वमा ८.८१ प्रतिशतले वृद्धि भएको छ ।

विभागले देशभरका यातायात व्यवस्था कार्यालयमार्फत सवारी साधन कर, सवारी इजाजत र सवारी चालक अनुमतिपत्र दस्तुर, सहरी सडक निर्माण तथा सम्भार दस्तुर, यातायात क्षेत्रको आय र आयकर शीर्षकमा राजस्व संकलन गर्छ ।

चालु आवको पुस मसान्तसम्म सवारी साधन करबापत सबैभन्दा बढी पाँच अर्ब ७६ करोड सात लाख २१ हजार रुपैयाँ संकलन भएको विभागको तथ्यांक छ । यस शीर्षकतर्फ विभागको लक्ष्यभन्दा १३९.६ प्रतिशत बढी संकलन भएको जनाएको छ । विभागले यो आवको ६ महिनामा चार अर्ब ८५ करोड ६३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

सहरी सडक निर्माण तथा सम्भार दस्तुर शीर्षकमा चार अर्ब ६९ करोड ६७ लाख ४१ हजार रुपैयाँ संकलन भएको छ । अन्य शीर्षकका राजस्व वृद्धि भए पनि यो शीर्षकमा घटेको छ । गत वर्ष यस शीर्षकमा पाँच अर्ब १० करोड ४४ लाख ५४ हजार रुपैयाँ संकलन भएको थियो ।

त्यसैगरी, सवारी इजाजत र सवारी चालक अनुमतिपत्र दस्तुरबापत एक अर्ब १९ करोड ७९ लाख ६२ हजार, यातायात क्षेत्रको आय शीर्षकमा ३२ करोड ६७ लाख ३० हजार र आयकर शीर्षकमा तीन करोड ७४ लाख ७० हजार रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।
 

प्रकाशित: १६ माघ २०७४ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App