७ वैशाख २०८१ शुक्रबार
अर्थ

बेलायती ब्रान्डको सोरुम नेपालमा

काठमाडौं– बेलायतमा चर्चित ब्रान्डका सामानको सोरुम नेपालमा खुलेको छ । विशेष थरी विदेशी उत्पादनका पारखीलाई लक्षित गरी नेपालमा खुलेको यो पहिलो सोरुम हो।

काठमाडौंको जमलस्थित विश्वज्योति मलमा स्थापना गरिएको सोरुममा जुत्ता, ब्याग, बेल्ट, बच्चाका सामान उपलब्ध छन् । महिला र पुरुष दुवैले प्रयोग गर्ने सामग्री सोरुममा राखिएको छ ।यी सामान बेलायतका विभिन्न सहरमा निर्माण भई सिधै नेपाल आयात गरिने सुप्रिम फेसन इन्टरनेसनल प्रालिका सञ्चालक अनुराधा श्रेष्ठले जानकारी दिइन् । कतिपय नेपाली सामान खरिदकै लागि पनि विदेश जाने गरेका छन् भने कतिपयले चर्चित ब्रान्डका विदेशी सामानमात्र प्रयोग गर्न रुचाउने भएकाले उनीहरुलाई नै लक्षित गरी यो सोरुम सञ्चालन गरिएको हो ।

सन् १८८१ देखि बेलायतमा उत्पादन सुरु गरी ख्याति कमाएको एनपिएस कम्पनीका आकर्षक जुत्ता, युल ब्रान्डका जुत्ता र चप्पल, सिपाही एन्ड कम्पनीमा इको लक्जरी लेदर बेल्ट, स्टार चाइल्ड ब्रान्डका बच्चाका जुत्ताचप्पल लगायत सामान नेपालमा उपलब्ध गराइएको छ ।
 

प्रकाशित: १५ माघ २०७४ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App