१६ चैत्र २०८० शुक्रबार
अर्थ

सुबिसु १८ वर्षमा प्रवेश

काठमाडौं – इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले १७ वर्ष पूरा गरेको छ।

सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सूचना तथा सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने अग्रणी कम्पनीको रुपमा स्थापित भएको दाबी कम्पनीको प्रेस विज्ञप्तिमा गरिएको छ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि गजबको वार्षिक अफर ल्याएको पनि विज्ञप्तिमा छ । यस योजनाअन्तर्गत कम्पनीले नयाँ रिटेल ग्राहकका लागि इन्टरनेट र क्लियर टिभी सेवामा तीन प्याकेज प्रस्तुत गरेको जनाएको छ।

क्लियर टिभी अफर, इन्टरनेट अफर र इन्टरनेट एन्ड क्लियर टिभी सुपर कम्बो अफर प्रस्तुत गरेको र ती प्याकेजहरु एक हजार नौ सय ९९, तीन हजार नौ सय ९९ र पाँच हजार नौ सय ९९ रुपैयाँसम्म छन्।

 

प्रकाशित: १४ माघ २०७४ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App