८ वैशाख २०८१ शनिबार
अर्थ

एक अर्ब बढीको शेयर कारोबार

काठमाडौं – धितोपत्र बजारमा यस साता  १ अर्ब ९ करोड ५४ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १७० कम्पनीको २४ लाख ६१ हजार ६ कित्ता शेयर कारोबार भएको छ। 

कारोबार रकम गत साताको भन्दा ३५ दशमलव ९८ प्रतिशत कम हो। गत साता १७४ कम्पनीको १ अर्ब ७१ करोड १२ लाख ८४ हजार बराबरका ४१ लाख ५ हजार २१० कित्ता शेयर खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४ दशमलव ५८ अंकले घटेर अन्तिम दिन १४०६ दशमलव ५२ अंकमा पुगेको छ।

नेप्से परिसूचक साताको पहिलो दिनको तुलनामा ५ दशमलव ३४ अंकले घटेर २९६ दशमलव ८६ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ। सो कम्पनीको १९ करोड ८ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो। 

कारोबार रकमका आधारमा सानिमा हाइड्रोपावर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका थिए। 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो। यस साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ।  (रासस)

प्रकाशित: ६ माघ २०७४ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App