७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुन्तला जोन बन्दै जाजरकोट

जाजरकोट-सरकारले १० करोडभन्दा बढीको सुन्तला फल्ने जाजरकोटलार्ई सुन्तलाका लागि आत्मनिर्भर बनाउने पहल सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जाजरकोटलार्ई सुन्तला जोनको रुपमा विकास गर्न कार्यक्रम सुरु गरिएको  हो । सरकारले गत वर्षदेखि सुरु गरेको उक्त परियोजना अन्तर्गत जाजरकोटका  तीन  क्षेत्रलार्ई समेटेर सुन्तला जोन बनाउन लागेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न उत्पादनका आधारमा मुलुकका ४१ जिल्लालार्ई जोनको रुपमा विकास गर्ने क्रममा जाजरकोटलार्ई सुन्तला जोनको रुपमा विकास गर्न लागिएको परियोजनाका वरिष्ट कृषि विकास अधिकृत टंकप्रसाद रिजालले बताए । परियोजना अन्तर्गत जिल्लामा सञ्चालन हुन लागेको सुन्तला जोनबारे जानकारी दिँदै रिजालले एक हजार हेक्टरमा तरकारी  तथा फलफूल खेती हुने जिल्लालार्ई सुपरजोन र पाँच सय हेक्टरमा  खेती हुने जिल्लालार्ई जोनको रुपमा पहिचान गरी परियोजना सुरु लागिएको बताए ।

रिजालका अनुसार सरकारले गत वर्ष र यो वर्ष गरी  तरकारी, फलफूल र अन्य उत्पादनको खेतीका लागि जोनको रुपमा छनोट गरेका ४१ जिल्लामध्ये जाजरकोट सुन्तला जोनको रुपमा छानिएको हो । उनका अनुसार जिल्लाको कुसे गाउँपालिकाको पूरै, भेरी नगरपालिकाको वडा नम्बर २ र नलगाड नगरपालिकाको वडा नम्बर  ३ को पूरै क्षेत्रलाई समेटेर सुन्तला जोन बनाइएको छ । यसअघि सरकारले झापालाई धान, बारालाई माछा, काभ्रेलार्ई आलु, कास्कीलाई तरकारी, दाङलार्ई मकै, जुम्लालार्ई स्याउ, कैलालीलार्ई गहुँ र  डडेल्धुरालार्ई आलुका लागि सुपर जोनको रुपमा घोषणा गरेको छ ।

सातवटा प्रदेशबाट एकएक जिल्ला पर्ने गरी सुपरजोनको घोषणा गरिएको र डडेल्धुरालार्ई यो वर्ष सुपरजोनमा लगिएको बताइएको छ । गत वर्ष ३० जिल्लालार्ई जोनको रुपमा र यो वर्ष १२ जिल्ला थपेर  जोनको संख्या ४१ पुगेको छ । जोन अन्तर्गत आलु, सुन्तला, माछा, स्याउ, जुनार, तरकारी, अदुवा, अलैंची, तरकारी बिउ, तेलहन बाली  धान, जैतुन, मकै लगायत बाली तथा फलफूल र तरकारीको   व्यावसायिक उत्पादन हुने योजना निर्माण गरिएको छ ।

१० वर्षको अवधि लिएर सुरु गरिएको परियोजनाले प्रमुख कृषि उपजको विशिष्टिकृत क्षेत्र निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुको मूल्य अभिवृद्धि गर्दै किसानको प्रतिष्पर्धात्मक क्षमता विकास गर्ने र कृषिलार्ई  सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्ने उद्देश्य लिइएको परियोजनाको जाजरकोट इकाइ प्रमुखसमेत रहेका रिजालले बताए । परियोजनाअन्तर्गत कस्टम हाइरिङ सेन्टर तथा पोस्ट हारबेस्ट सेन्टर नाम दिएर विभिन्न गतिविधि सञ्चालन हुने छन् । किसानलार्ई विभिन्न प्रविधि तथा साधन सहयोग गराउँदै उनीहरुले उत्पादन गरेका सुन्तलालार्ई बजारसम्म पु¥याउन र बिक्री गर्नका लागि बजारीकरणको काममा सहयोग पुर्याउने परियोजनाको उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

जाजरकोटमा कति सुन्तला फल्छ र सुन्तला खेतीमा कति किसान संलग्न छन् भन्नेबारे अभिलेख संकलनको काम भइरहेको बताइएको छ । परियोजना अन्तर्गत उत्पादन प्रविधि प्रदर्शन तथा शिक्षालय सञ्चालनको कामसमेत हुने छ । किसानले भने सुन्तला फल्ने  बारीसम्म  या सुन्तला भण्डारण गर्ने ठाउँसम्म सडकको पहुच हुनैपर्ने माग राखेका छन् । स्थानीय कृषक चन्द्रबहादुर थापाले ढुवानी र यातायातको पहुँचमा देखिएको समस्याले आफूहरुले उत्पादन गरेका सुन्तला बारीमै कुहिने गरेको गुनासो गरे । उनले  परियोजनाबाट हुन्छ या अन्य निकायबाट हुन्छ सुन्तला फल्ने ठाउँमा सडकको पहुँचलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

१० करोड रुपैयाँभन्दा बढीको सुन्तला फल्ने जाजरकोटलार्ई सुन्तलामा आत्मनिर्भर जिल्ला बनाउनका लागि परियोजनाले महत्वपूर्ण सहयोग पु¥याउने  प्रतिनिधि सभाका सदस्य  तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए । जिल्लामा रोजगारीका अवसर सिर्जना गर्न र सुन्तला उत्पादन र व्यापारबाट जाजरकोटलाई आत्मनिर्भर बनाउन परियोजना सहयोगी हुने  बस्नेतले बताए । कुुुसे गाउँपालिका–५ पाँचकटियामा कार्यालय स्थापना गरेर  सुन्तला जोनको काम सुरु गरिएको बताइएको छ ।


 

प्रकाशित: ५ माघ २०७४ ००:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App