७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुन्तला जोन बन्दै  जाजरकोट

सुन्तला जोनको बारेमा सरोकारवालाहरुलाई जानकारी दिदै परियोजनाका बरिष्ठ कृषि विकास अधिकृत टंकप्रसाद रिजाल । तस्वीर: जनक केसी / नागरिक

जाजरकोट – जाजरकोटलाई सरकारले सुन्तलाका लागि  आत्मनिर्भर बनाउने पहल सुरु गरेको छ । १० करोड बढीको सुन्तला फल्ने जाजरकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत  सुन्तला जोनको रुपमा विकास गर्न कार्यक्रम सुरु गरिएको  हो । 

सरकारले गत वर्ष देखि सुरु गरेको यस परियोजना अन्तर्गत जाजरकोटका तीन क्षेत्रलाइ समेटेर सुन्तला जोन बनाउन लागेको हो। 
परियोजनाले बिभिन्न कृषिजन्य उत्पादनको  उर्वर सम्भावना रहेका मुलुकको ४१ जिल्लालाई सुपरजोन तथा  जोनको  नाम दिएर कार्यक्रम सुरु गर्न लागेको हो। 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिभिन्न उत्पादनका आधारमा  जोनको रुपमा  विकास गर्ने क्रममा  जाजरकोटलाई  सुन्तला जोनको रुपमा  विकास गर्न  लागिएको  परियोजनाका वरिष्ट कृषि विकास अधिकृत टंकप्रसाद रिजालले बताए । 

परियोजना अन्तर्गत  जिल्लामा सन्चालन हुन लागेको सुन्तला जोनको बारेमा जानकारी दिदै  रिजालले  एक हजार हेक्टरमा  तरकारी  तथा फलफुल खेती हुने जिल्लाहरुलाई  सुपरजोन र  ५ सय  हेक्टरमा  खेती हुने  जिल्लालाई जोनको रुपमा  पहिचान गरि  परियोजना सुरु गरिएको वताए ।  

रिजालका अनुसार सरकारले  गत बर्ष र यो बर्ष गरि  तरकारी फलफुल र अन्य उत्पादनको खेतीका लागि  जोनको रुपमा छनोट गरेका  ४१ जिल्ला मध्ये  जाजरकोट  सुन्तला जोनको रुपमा  छानिएको हो।  उनका अनुसार जिल्लाको कुसे गाउँपालिकाको सबै भाग, भेरी नगरपालिकाको  वडा नम्वर २ र  नलगाड नगरपालिकाको  वडा नम्वर  ३ को पुरै क्षेत्रलाइ समेटेर  सुन्तला जोन बनाइएको  छ।  

यस अघि सरकारले  झापालाइ धान, बारालाइ माछा, काभ्रेलाई आलु, कास्कीलाई तरकारी, दाङलाई मकै, जुम्लालाई स्याउ, कैलालीलाई  गहुँ र  डडेलधुरालाई आलुका लागि  सुपर जोनको रुपमा  घोषणा गरेको छ ।  

सातवटा प्रदेशबाट एक–एक  जिल्ला पर्ने गरि सुपरजोनको  घोषणा गरिएको र  डडेलधुरालाई यो वर्ष  सुपरजोनमा लगिएको   बताइएको छ। गत बर्ष  ३० जिल्लालाई  जोनको रुपमा  र यो बर्ष १२ जिल्लालाई  थपसँगै  जोनको संख्या ४१ पुगेको छ।  

जोन अन्तर्गत  आलु, सुन्तला, माछा, स्याउ, जुनार, तकारी, अदुवा, अलैची, तरकारी बिउ, तेलहन बाली,  धान, जैतुन, मकै,रबर, लगाएतका वाली तथा  फलफुल र तरकारीहरुको   व्यावसायिक उत्पादन हुने योजना निर्माण गरिएको छ।

१० वर्षको अवधि  लिएर सुरु गरिएको परियोजनाले प्रमुख कृषि उपजहरुको बिशिष्टीकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यात योग्य कृषि बस्तुहरुको  मुल्य अभिवृद्धि गर्दै  किसानहरुको प्रतिष्पर्धात्मक क्षमता विकास गर्ने  र कृषिलाइ  सम्मानजनक  नाफामुखी  व्यावसायको  रुपमा विकास गर्ने  उद्देस्य राखेको  परियोजनाको जाजरकोट इकाइ प्रमुख समेत रहेका रिजालले बताए। 

किसानहरुलाइ बिभिन्न प्रविधि तथा साधनहरुको सहयोग दिने  तथा  उनीहरुले उत्पनदन गरेको  सुन्तलालाई बजार सम्म पु¥याउन र बिक्रि गर्नका लागि बजारीकरणको  काममा सहयोग पु¥याउने  परियोजनाको उद्देस्य रहेको  आयोजनाले जनाएको छ। 

जाजरकोटमा कति  सुन्तला फल्छ र कति किसानहरु यसमा संलग्न छन् भन्नेवारे  अभिलेख  संकलनको काम भइरहेको बताइएको छ।  परियोजना अन्तर्गत  उत्पादन प्रविधि प्रदर्शन तथा शिक्षालय सन्चालनको काम समेत हुने छ।  किसानहरुले  सुन्तला भन्डारन गर्ने  ठाउँसम्म सडकको पहुँच हुनु पर्ने माग राखेका छन्।  स्थानीय कृषक चन्द्रवहादुर थापाले  ढुवानी र यातायातको पहुँचमा देखिएको समस्याले आफुहरुले फलाएका सुन्तला बारीमै कुहिने  गरेको गुनासो  गरे।

१० करोड बढीको सुन्तला फल्ने जाजरकोटलाई सुन्तलामा आत्मनिर्भर जिल्ला निर्माण गर्नका लागि  परियोजनाले  महत्वपुर्ण सहयोग पुर्याउने प्रतिनिधि सभा सदस्य  तथा पुर्व मन्त्री शक्तिवहादुर बस्नेतले वताए।

जिल्लामा  रोजगारीका अवसर सृजना गर्न र  सुन्तलाको  उत्पादन र व्यापारबाट जाजरकोटलाई आत्मनिर्भर बनाउन परियोजना सहयोगी हुने  बस्नेतले बताए। कुसे  गाउँपालिका ५ पाँचकटियामा कार्यलय स्थापना गरेर  सुन्तला जोनको  कामहरु सुरु गरिएको बताइएको छ। 

प्रकाशित: ४ माघ २०७४ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App