६ वैशाख २०८१ बिहीबार
अर्थ

एनसेल मेला सम्पन्न

काठमाडौं–  एनसेल मेला २०७४ शनिवार सम्पन्न भएको छ । मेलाको अन्तिम दिन एनसेलले जाउलाखेल र ललितपुरमा कार्यक्रम आयोजना गरेको थियो।

एनसेलले पोखरा, विराटनगर र ललितपुरमा ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र द्रुतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन–फोरजीको अनुभव प्रदान गर्न मेला आयोजना गरेको जनाएको छ। 

मेलामा ३ वटै शहरहरुमा दर्शक तथा आगन्तुकहरुले सहभागिता जनाइ  गीत-संगीत र फोरजी थिममा आधारित गेमहरु लगायत विविध क्रियाकलापहरुबाट मनोरञ्जन लिएका थिए। 

एनसेल मेला पुष ८ गते पोखराको प्रदर्शनी केन्द्र र नयाँबजारमा आयोजना गरिएको थियो । त्यस्तै पुष १५ गते विराटनगरको हाटखोलामा र पुष २९ गते ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना गरिएको थियो। 

मेलाको मुख्य आकर्षण कन्सर्ट रहेको थियो । मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी,  आषिश राना (लाउरे) सहित सांगीतिक समुहहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। 

“एनसेल मेला २०७४ मा उत्साहजनक रुपमा सहभागी भई मेलालाई सफलबनाउनु भएकोमा हामी हाम्रा सबै ग्राहक तथा शुभचिन्तकहरु प्रतिआभारी छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “जुन उत्सुकताका साथ मेलामा आगन्तुकहरुले देशका २१ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको परीक्षण तथा अनुभव लिनु भयो यसले हामीलाई थप उर्जा दिएको छ।”

 

 

प्रकाशित: ३० पुस २०७४ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App