३१ असार २०७७ बुधबार
अर्थ

महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सुरु

काठमाडौं – महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको बालाजू अटोवर्कसले सोमबारदेखि महिन्द्राफोर ह्वील गाडीहरुको निःशुल्क सर्भिसङ सुरु गरेको छ। देशभरका रहेका आफ्ना आधिकारिक वर्कसपबाट एकैसाथ फ्रि सर्भिसिङ्ग सुरु गरिएको कम्पनीले जनाएको छ।

महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प २८ गतेसम्म चल्नेछ। यो योजनामा निःशुल्क सर्भिसिङ्गको साथै स्पेयर पार्ट, लुब्रिकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको छ। कम्पनीले स्पेयर पार्ट खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशततथाएक्सोसरिजहरुको खरिदमाविशेष छुटको व्यवस्था मिलाएको छ।

निःशुल्क सर्भिस क्याम्पमा महिन्द्रा वर्कसपका दक्ष प्राविधिकहरुले गाडीको ७५ पटक जाँच गर्दछन्। ग्राहकले निःशुल्क सर्भिसिङ्ग सेवा आफ्नो नजिकैको महिन्द्राको आधिकारिक वर्कसपबाट लिन र बुकिङ्ग गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ पुस २०७४ १९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App