१ श्रावण २०७७ बिहीबार
अर्थ

देशभर महिन्द्रा फ्रि मेघा सर्भिस क्याम्प

काठमाडौं – महिन्द्रा फोर ह्वील गाडीहरुको सोमबारबाट निःशुल्क सर्भिसिङ सुरु भएको हुने भएको छ।

महिन्द्राको नेपाली आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गतको बालाजु अटोवर्कसले महिन्द्रा फोर ह्वील गाडीहरुको लागि देशभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्था मिलाएको हो।

यो योजनामा निःशुल्क सर्भिसिङ्गको साथसाथै स्पेयर पार्ट, लुब्रिकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको छ। कम्पनीले स्पेयर पार्टस खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एक्सोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको छ।

क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकले विभिन्न ७५ जाँच गर्नेछन्। यो फ्रि सर्भिसिङ्ग सेवाको लागि ग्राहकले आफ्नो नजिकै रहेको महिन्द्राको आधिकारिक वर्कसपमा सम्पर्क राखी बुकिङ्ग गर्न सक्नेछन्। टोल फ्रि नम्बरहरु १६६००–१००–२०० र एनसेलको ९८०१५७१२१२ मा सम्पर्क गरी थप जानकारी पाउन सकिने कम्पनीले जनाएको छ।

महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प योजना पुस २४ देखि सुरु भई २८ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २३ पुस २०७४ १८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App