३१ असार २०७७ बुधबार
अर्थ

६५ अर्व कर तिर्न टेलिया सोनेरालाई १५ दिने सूचना

काठमाडौं- आन्तरिक राजश्व विभाग अन्तर्गत को ठूला करदाता कार्यालयले टेलिया सोनेरालाई १५ दिन भित्र कर तिर्न सार्वजनिक सूचना जारी गरेको छ।

वुधबार अंग्रेजी भाषाका समाचारपत्रहरुमा सूचना प्रकाशित गर्दै करदाता कार्यालयले १५ दिन भित्र कर तिर्न भनेको हो। सोही सूचना अनुसार टेलिया सोनेरा कम्पनी स्विडेनले पुष १८ सम्मको सामा र व्याज गरी ६५ अर्व ४० करोड ३१ लाख ६० हजार १ सय ८० रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ। यदी कर नतिरेमा आयकर ऐन २०५८ को दफा १०४ देखि १११ अनुसार कारबाही गर्न बाध्य हुने चेतावनी पनि दिएकोछ। आयकर एेनका उल्लेखित दफाहरुमा कर दाखिला नगरेमा सम्पत्ति माथि दावी, दावी गरेको सम्पत्तिको लिलाम बिक्री, कर नतिर्ने व्यक्तिलाई नेपाल बाहिर जान नदिने एवं कर नतिरेमा मुद्दा चलाउनेसम्मका प्रावधान छन् ।

टेलिया सोनेराले आफ्नो सेयर मलेसियाको एक्जियाटा समूहलाई विक्री गरेको थियो। विक्री गर्दा भएको पुँजीगत लाभ तिर्न ठूला करदाता कार्यलयले सार्वजनिक रुपमै ताकेता गरेको हो। स्वीडेनको स्टकहोममा केन्द्रीय कार्यालय रहेको टेलिया सोनेरा समूह दूरसञ्चार कम्पनी एनसेलको पुरानो मालिक हो ।

 

प्रकाशित: १९ पुस २०७४ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App