मेटलाइफ नेपालले बिमा लेख पुनर्जागरण अभियान सञ्चालनमा ल्याएको घोषणा गरेको छ। नोभेम्बर ७ मा सुरु भएको यस अभियान अवधिमा कम्पनीले व्यतित बिमा लेखहरूमा लिइने विलम्ब शुल्कमा छुट दिने भएको छ।
यस अभियान अन्तर्गत, मेटलाइफले बिमा अवधिको निर्धारित मिति समाप्त भएको व्यतित जीवन बिमालेखहरूमा लागु हुने बिलम्ब शुल्कको सय प्रतिशत छुट दिनेछ। हालै प्रचलनमा ल्याइएको मध्यावधि वृद्धि बिमा योजनाका बिमालेख धारकहरूका लागि यो अभियान लागु नहुने कम्पनीले जनाएको छ।
मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको बताएको छ। यस अभियानले मेटलाइफका ग्राहकलाई व्यतित बिमालेख पुनर्जागरण गरी आफ्नो र आफ्नो परिवारलाई निरन्तर सुरक्षा कायम राख्न मदत गर्ने मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए।
प्रकाशित: ६ मंसिर २०८० ०२:२९ बुधबार