१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिमेन्ट उद्योग खोल्न लगानी बोर्ड र चिनियाँ कम्पनीबीच सम्झौता

काठमाडौँ– नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच बुधवार प्रारम्भिक सम्झौता भएको छ । 

लगानी बोर्डको कार्यालयमा आयोजित समारोहमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गरे ।

लगानी बोर्डले उक्त कम्पनी स्थापना गर्नका लागि रु १५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय दुई वर्ष अगाडि गरेको थियो । उक्त कारखानाबाट पहिलो चरणमा तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । शतप्रतिशत चिनीयाँ लगानीमा स्थापना हुने सो सिमेन्ट कारखानाको लागि नेपाल सरकारले हालै धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खनन गर्न अनुमति दिएको थियो । सम्झौताअनुसार परियोजनाको कूल लागतको ०.२ प्रतिशत हुन आउने तीन करोड बराबरको रकम नेपाल सरकारलाई बुझाउने लगानी बोर्डले उल्लेख गरेको छ । लगानी बोर्डले जनाए अनुसार उक्त कम्पनीले खुला प्रतिष्पर्धाबाट नेपाल सरकारलाई रु ६० करोड भुक्तानी गरी खानी प्राप्त गरेको हो ।सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको सन्देश गएको बताए ।सिमेन्ट कम्पनीका समुद्रपार विकास निर्देशक ल्यू च्याङ्बोले नेपालको विकासमा सिमेन्ट उद्योगमार्फत सहकार्य गर्ने मौका मिलेको उल्लेख गरे ।

 

प्रकाशित: १२ पुस २०७४ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App