५ वैशाख २०८१ बुधबार
अर्थ

पर्यटक  प्रवेश शुल्कबाट तीन महिनामा साढे ४ करोड

खुम्बु–पासाङल्हमु गाउँपालिका कार्यलयमा शुल्क बुझाउन पुगेका पर्यटक ।

सोलुखुम्बु–खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकबाट साढे ४ करोड रुपैयाँभन्दा बढीशुल्क उठेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले पछिल्लो तीन महिनामा ४ करोड ४७ लाख १६ हजार रुपैयाँ उठाएको हो । 

अक्टोबर १ तारिख देखि खुम्बु प्रवेश गरेबापत एक जना पर्यटक बराबर २ हजार रुपैयाँ उठाउन थालेको गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिए । अक्टोबर १ देखि हालसम्म २२ हजार ३ सय ५८ पर्यटक खुम्बु प्रवेश गरेका छन् । अक्टोबरमा मात्रै १४ हजार १ सय २८ पर्यटकबाट २ करोड ८२लाख ५६ हजार उठेको शेर्पाले जानकारी दिए । 

नोभेम्बरमा ६ हजार ६ सय ७६ पर्यटकबाट १ करोड ३३ लाख ५२ हजार,डिसेम्बर सुरु भएपछि १५ सय ५४ जना पर्यटकबाट ३१ लाख ८ हजार संकलन भएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाको तथ्यांकअनुसार अक्टोबरयता मंसिर ८ गतेसम्ममा २२ हजार ३ सय ५८ पर्यटकखुम्बु प्रवेश गरेका छन् । 

नोभेम्बरलाई पर्यटकीय सिजनको अन्तिम महिना मानिन्छ । पर्यटकीय सिजन सकिएपनि पर्यटकखुम्बु प्रवेश गर्नेक्रम जारी छ । अहिले पनि दैनिक सय हाराहारी पर्यटक खुम्बु प्रवेश गरिरहेको गाउँपालिका कार्यालयले जनाएको छ । पर्यटकीय सिजन सुरु भएसँगै अक्टोबर १ देखिलागू हुने गरी कार्यलयले शुल्क उठाएको हो । गाँउपालिकाले व्यवसायीको व्यापक विरोधबीच खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकसँग प्रतिपर्यटक दुई हजार रुपैयाँका दरले शुल्क उठाइरहेको छ । सो निर्णय कार्यान्वयन गरेसँगै पर्यटन विभाग र टानले लागू गरेको टिम्स कार्ड समेत बहिस्कार गरेको छ । 

पर्यटकले मन्जोमा टिम्स कार्ड बापत दुई हजार तिर्दै आएकाथिए । वर्षौंदेखि उठाइएको करोडौं रकम खुम्बु क्षेत्रको पर्यटन विकासको क्षेत्रमा खर्च नगरिएकाले र संविधान त स्थानीय निकायले पर्यटकलाई प्रवेश शुल्कनिर्धारण गर्न र उठाउन पाउने व्यवस्थाअनुसार नै यो काम थालेको गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पाले बताए । उनले भने, ‘गाउँपालिकाले पर्यटकबाट उठाएको शुल्कले गाउँपालिकामा थप पर्यटन प्रवद्र्धनका काम गरिने छ ।’

पर्यटन प्रवेश शुल्कले सबै वडाबाट योजना र विशेषगरी पर्यटक प्रवद्र्धनमा प्राथमिकता दिई रकम खर्च गरिने गाउँपालिकाको योजना छ । सोही रकम पर्यटक मजदुर, लुक्ला र नाम्चे बजार बाहेक अन्य क्षेत्रको बाटो जोखिमपूर्ण रहेकोले लुक्लादेखि बेस क्याम्पसम्मको बाटो मर्मत सुधार, पर्यटन पूर्वाधार विकास लगायत क्षेत्रमा खर्च गरिने जनाइएको छ । प्रवक्ता शेर्पा भन्छन्,‘चालु आर्थिक वर्षका लागि संकलित बजेटका कार्यक्रम बनाउने योजनामा छौं,अब गाउँकार्यपालिकाको बैठकले टुंगो लगाउने छ ।’

 

प्रकाशित: ११ पुस २०७४ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App