६ वैशाख २०८१ बिहीबार
अर्थ

एनसेल मेला शनिबार पोखराको प्रदर्शनी केन्द्रमा

काठमाडौं—एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला २०७४ आयोजना गर्दैछ। गीत संगीत लगायत विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे देखि शुरु हुने कम्पनीले बताएको छ।

चर्चित कलाकारहरु शिव परियार, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आफ्नो विषेष प्रस्तुतीबाट मनोरञ्जन प्रदान गर्नेछन्।

एनसेल मेलामा सहभागी हुने सबै उमेर समुहका दर्शकहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन्। स-साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु पनि रहनेछन्।

मेलाको अरु आकर्षणहरुमा पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन्। यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ। मेलामा प्रवेश निःशुल्क हुने र कन्सर्ट सहित साझ ६.३० सम्म चल्ने छ। थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन्।

मेलामा एनसेलको विषेश फोरजी जोन पनि रहने छ जहाँ मेलामा सहभागी आगन्तुकहरुले देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै फोरजी सेवा चलाएर टेष्ट पनि गर्न सक्नेछन् । यसका साथै दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।

पर्यटकीय नगरी पोखरामा मेला मार्फत आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसियाली मनाउदै अग्रिम रुपमा आउँदो नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान गर्न कम्पनी उत्साहित रहेको एनसेलले जनाएको छ । पोखराबाट शुरु हुने यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ।

 

प्रकाशित: ७ पुस २०७४ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App