८ वैशाख २०८१ शनिबार
अर्थ

आलुको बीउ बिक्री गरेर मनग्य आम्दानी

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषक आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर आम्दानी लिँदै आएका छन् । कृषि विकास कार्यालयले गठन गरेको कोपिला आलुको बीउ उत्पादन समूहका ८५ कृषकले आलुको टिपिएस बीउ उत्पादन गर्दै आएका छन् ।
बीउ बिक्री गरी प्रति किसान तीन लाखदेखि पाँच लाखसम्म वार्षिक आम्दानी लिँदै आएका हुन् । आलुको दानाबाट लाग्ने रोगले उत्पादनमा कमी आएपछि बियाँबाट तयार पारिएको आलुको बीउ उत्पादनतर्फ आकर्षित भएको जानकारी सीताराम चौधरीले दिए ।
‘बीउमा उम्रने शक्ति बढी हुने भएकाले बियाँबाट आलु खेती गर्दा बढी उत्पादन दिने, स्वादिलो हुने भएकाले यसतर्फ आकर्षित भएका हौं,’उनले भने । राष्ट्रिय आलुबाली विकास कार्यक्रमबाट उपलब्ध गराइएको स्रोत बियाँको बीउ प्रयोग गरेर बीउ उत्पादन गर्दै आएको उनले भने । टिपिएस प्रविधिबाट कार्डिनल, जनकदेव र खुमलटार (रातो) जातका आलुका बिरुवा उत्पादन गरी आलुखेती गर्न थालिएको छ । यहाँ उत्पादित आलुको बीउ कञ्चनपुरका भीमदत्तनगरपालिका, झलारी, देखतभूली, दैजी, कैलाली, दार्चुला र डोटीसम्म आपूर्ति हुने गरेको छ ।

 

प्रकाशित: २ पुस २०७४ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App