१६ चैत्र २०८० शुक्रबार
अर्थ

महिन्द्रा गाडीका ग्राहकका लागि उदय सदस्य योजना

काठमाडौं–नेपालको लागि महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक बिक्रेता अग्नि फाउन्डेसनले ग्राहकका लागि भन्दै उदय सदस्य योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले महिन्द्राको ‘महिन्द्रा राइज’को मर्मलाई आत्मसात गरी ग्राहकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको कम्पनीले जनाएको छ । 
यसका अतिरिक्त उदय सदस्य योजनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्ना विद्यमान तथा नयाँ ग्राहकलाई आर्थिक तथा गैरआर्थिक फाइदाहरु प्रदान गरेको छ । आर्थिक वृद्धि तथा समग्र व्यक्तित्व विकासको लागि योजना विशेष फलदायी समेत रहेको कम्पनीले जनाएको छ । 
यो कार्यक्रमअन्तर्गत महिन्द्रा बोलेरो पिकअपका ग्राहकका छोराछोरीमध्येबाट उत्कृष्ट अंक प्राप्त गर्न सफल भएका २५ जनालाई पुरस्कृत गरेको छ । अग्नि फाउन्डेसनले यही मंसिर २९ गते नक्सालस्थित महिन्द्रा सोरुममा उत्कृष्ट हुन सफल छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
छात्रवृत्ति कार्यक्रममा अग्नि फउन्डेसनले उदय सदस्यहरुलाई दुई लाखको निःशुल्क दुर्घटना बिमा, लुब्रिकेन्ट तथा स्पेयर पार्ट्स खरिदमा १५ प्रतिशत छुट, निःशुल्क रुपमा मोबाइल रिचार्ज कार्ड जस्ता सुविधा समेत प्रदान गर्दै आएको छ । 

 

प्रकाशित: २ पुस २०७४ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App