१५ चैत्र २०८० बिहीबार
अर्थ

गुराँस लाइफ इन्स्योरेन्सको सिइओमा भट्टराई

काठमाडौं—गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको १४२ औं बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नारायण कुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ। २०७४ साल मंसिर ११ गते सोमबारदेखि लागू हुने गरी ४ वर्षको लागि नियुक्त गरेको छ।

भट्टराईले विश्वविद्यालयबाट बिएस्सी तथा मनिपुर विश्वविद्यालयबाट एमबीए गरेका छन्। लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा करिब ९ वर्ष काम गरेका उनी २०६८ साल मंसीर १ गते गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सहायक महाप्रबन्धक पदमा नियुक्त भएका थिए। उनी २०७० साल माघ १ गते देखि गुरास लाइफकै नायब महाप्रबन्धक पदमा बढुवा भएका थिए। कार्यरत अवधिमा कम्पनीको मार्केटिङ्ग विभाग प्रमुख, पुनर्बिमा विभाग प्रमुखको जिम्मेबारी निर्वाह गरेका उनले धेरै पटक कम्पनीको कामु प्रमुख भई काम गरिसकेका छन्।

गुराँसले हालै मात्र बुढेशकालको लागि तथा आफ्नो सन्ततिको लागि ‘गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना’सार्वजानिक गरेको थियो। कम्पनीले आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका बीमितहरुको चाहना बमोजिम जीवन बीमा योजना ल्याउँदै नेपालभरि ७ वटा क्षेत्रीय कार्यालय, २० वटा शाखा कार्यालय, ३६ उपशाखा कार्यालय तथा ३ वटा एक्सटेन्सन कार्यालय मार्फत जीवन बिमा सेवा प्रदान गरिरहेको छ।

यो कम्पनीले सस्तो, सुलभ तथा भरपर्दो जीवन बीमा सेवा पुर्याउने तयारी गरेको छ। जीवन बीमा क्षेत्रमा लामो अनुभव संगालेका भट्टराईको नेतृत्वमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै अगाडि बढ्ने विश्वास लिइएको छ।
 

प्रकाशित: ११ मंसिर २०७४ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App