काठमाडौं – महिन्द्राका युटीलिटी भेकल्स तथा ट्याक्टरहरुको डिलर अग्नि ग्रुपले कोहोलपुरमा क्षेत्रीय शाखा कार्यालय स्थापना गरेको छ । गत बिहीबारबाट संञ्चालनमा आएको यो अग्नि गु्रपको चौथो शाखा हो ।
यसअघि कम्पनीले वीरगञ्ज, इटहरी र भैरहवामा शाखा स्थापना गरिसकेको छ । ‘कम्पनीले सवारी बिक्री गर्नमात्र केन्द्रित नभएर ग्राहमुखी सेवामा विशेष ध्यान दिएका छौं,कम्पनीका अर्जुन शर्माले भने ।
प्रकाशित: १० मंसिर २०७४ ०७:१९ आइतबार