६ वैशाख २०८१ बिहीबार
अर्थ

बिआरआइबाट नेपाललाई फाइदा

काठमाडौं- चीनले ल्याएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआइ) योजनाबाट नेपालले आर्थिक विकास गर्ने अवसर पाएको हिमालयन कन्सेन्सस इन्स्टिच्युटका अध्यक्ष लौरेन्स ब्राह्मले बताएका छन् ।
‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ को मुख्य उद्देश्य लगानी र व्यवसाय भएको भन्दै यसमा जोडिने राष्ट्रले आर्थिक विकासको आधार बनाउन सक्ने उनको भनाइ छ ।  
बुधबार राजधानीमा नेपाल इकोनोमिक फोरमले ‘चीनको बेल्ट एण्ड रोड इनिसियटिभ एण्ड इम्प्लिकेसन फर नेपाल’ शीर्षकमा गरेको कार्यक्रममा ब्राह्मले यस योजनाको उद्देश्य, अवसर र चुनौतिहरूका बारेमा बताएका थिए ।
‘बेल्ट एण्ड रोड इनिसिएटिभ भनेको एक व्यवसायी लगानी हो,’ ब्राह्मले भने, ‘यो कुनै सहयोग, च्यारिटी वा अरु केही इन्टेरेष्ट होइन् । यो कार्यक्रमबाट रोड र तीव्रगतिको रेल मार्गबाट देशहरू जोडिनेछन् ।’ उनले यस योजनाबाट यसले देशहरूबीच आर्थिक गतिविधि बढ्ने, लगानीको थप अवसर सृजना हुने, सास्कृति आदनप्रदान लगायत हुने लगायतका फाइदा पुग्ने उनले बताए ।
यस कार्यक्रमबाट नयाँ लगानीको मौका रहेको छ । यदि देशमा रोड, सहर जस्ता पूर्वाधार नभएर विकास हुन नसक्ने भन्दै यसले व्यवसायको अवसर सिर्जना गर्ने बताए । रोड एण्ड बेल्ट इनिसिएटिभ भनेको रोड मात्र नभएर यसबाट आर्थिक क्षेत्रको स्थापना, त्यहाँ हुने आर्थिक गतिविध पनि प्राथमिकतामा रहेको छ ।
चीन र भारत जस्ता ठूला छिमेकीको बीचमा रहेको नेपालले चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ र भारतको ‘इष्ट पोलिसी’बाट फाइदा लिन सक्ने कार्यक्रममा बताइयो । यो योजना विभिन्न समस्याहरू रहेको पनि उनले बताए । आधारतभूत पूर्वाधार बनाउनु पहिलो समस्या भएको उनले बताए ।
विभिन्न चुनौतिहरू रहेको भन्दै यसको समाधान भने आ–आफ्नै देशमा निकाल्न सकिने उनको तर्क छ । ‘यसमा विभिन्न चुनौती छन्,’ उनले भने, ‘प्रत्येक देशमा आफ्नै समाधानका उपायहरू पनि छन् ।’
यो योजनाबाट वातावरण बिगार्ने, सुरक्षाको चुनौति थपिने भन्ने आशंका रहेको भन्ने विषयमा ब्राह्मले त्यस्तो समस्या नहुने बताए । इकोलोजिकल सिष्टमलाई नबिगारिन योजना अगाडी बढ्ने उनको भनाइ छ ।

प्रकाशित: ३० कार्तिक २०७४ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App