१५ चैत्र २०८० बिहीबार
अर्थ

तीन महिनामा पाँच अर्ब ६५ लाख राजश्व

चितवन – आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आवको तीन महिनामा रु पाँच अर्ब ६५ लाख १८ हजार राजश्व संकलन गरेको छ। 

गत आर्थिक वर्षको तीन महिनाको तुलनामा एक रु अर्ब ४० करोड ७८ लाख ६ हजार बढी राजश्व संकलन भएको हो। 

कार्यालयका कर अधिकृत डिल्लीराम पौड्यालकाअनुसार गत आवको साउनदेखि असोजसम्ममा रु तीन अर्ब ४४ करोड २५ लाख २२ हजार राजश्व संकलन भएको थियो । गत आवमा लक्ष्यभन्दा १०९।६९ प्रतिशत उपलब्धि हासिल भएको थियो। 

चालु आवको तीन महिनामा रु चार अर्ब ५४ करोड ६२ लाख १३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ११०।१३ प्रतिशत बढी राजश्व संकलन भएको पौड्यालले बताए। चालु आवको तीन महिनामा आयकर लक्ष्यको ८९.३२ प्रतिशत, घर बहाल कर १२२.७५ प्रतिशत, ब्याजकर ८१.८३ प्रतिशत, मूल्य अभिवृद्धि कर १०६.४० प्रतिशत, अन्तशुल्क ११२.४८ प्रतिशत, स्वास्थ्य सेवा कर ८५.६५ प्रतिशत र शिक्षा सेवा कर ११६.५५ प्रतिशत संकलन भएको  । 

असोज महिनामा मात्रै कार्यालयले रु एक अर्ब ८१ करोड ५८ लाख ५४ हजार राजश्व संकलन भएको छ। गत आर्थिक वर्षको असोज महिनामा रु एक अर्ब १४ करोड २० लाख ६९ हजार राजश्व संकलन भएको थियो। 

यस क्षेत्रमा मदिरा उद्योग बढी भएकाले अन्तःशुल्क रकम सबैभन्दा बढी हुने गर्दछ। गत तीन महिनामा अन्तःशुल्क मात्रै रु चार अर्ब २५ करोड ७६ लाख ५२ हजार संकलन भएको कार्यालयले जनाएको छ। 

कर अधिकृत पौड्यालकाअनुसार करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनु, कर्मचारीको सक्रियता बढ्नु, उद्योग वाणिज्य संघ, उद्योग संघलगायतका संघ संस्थाको सहयोगका कारण लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न कार्यालय सफल भएको हो। 

प्रकाशित: ८ कार्तिक २०७४ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App