७ वैशाख २०८१ शुक्रबार
अर्थ

१६ करोडको कारोबार गर्दै सहकारी

कञ्चनपुर –शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले १६ करोडको कारोबार गरेको छ । कर्मचारी बोनस र आयकरको रकम कटौती गरी सहकारीले आर्थिक वर्ष २०७३/७४ मा २१ लाख पाँच हजार नाफा आर्जन गरेको छ । 

सहकारीले १४ करोड २० लाख ८४ हजार उत्पादनशिल क्षेत्रमा कर्जा लगानी गरेको सहकारीका प्रबन्ध संञ्चालक मदनराज भट्टले जानकारी दिए । सहकारीमा सात हजार सदस्यको ७ करोड सात लाख ४२ हजार रकम बचत रहेको छ । 

‘संस्थाको लक्ष्य प्राप्तिका लागि तीन वर्षे योजना तयार गरी लागू गरेका छौं,’ उनले भने,‘ योजनाअनुसार सहकारीको सदस्य संख्या सात हजारबाट बढाएर १० हजार पुर्याउने, शेयर पूँजी बढाएर तीन करोड पुर्याउने , संस्थाको सम्पत्ति १० करोडबाट १५ करोड पुर्याउने लक्ष्य लिइएको छ ।’ २०६५ सालमा २५ जना युवाले एक लाख ३२ हजार शेयर पूँजीबाट सो सहकारी संञ्चालनमा ल्याएका थिए ।

प्रकाशित: ४ कार्तिक २०७४ १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App