८ वैशाख २०८१ शनिबार
अर्थ

भेरी–बबई आयोजनामा पाँच सयलाई रोजगारी

बबई डाईभर्सन आयोजनाको हात्तीखालमा संचालित सिमेन्ट पाईप उद्योगमा काम गर्ने नेपाली ।

कोहलपुर - राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । उनीहरूले आयोजनाको सुरुङ पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन् । आयोजनाका अनुसार नेपाली कामदारले मासिक १६ हजारदेखि ५० हजार सम्म कमाउँदै आएका छन् ।
सुर्खेत, बााके, बर्दिया, जाजरकोट, सल्यान लगायतका युवाहरु आयोजनामा काम गरिरहेका छन् । बर्दियाका असिम चौधरीले आफूले मासिक २७ हजार तलव र आभर टाईमसहित ३७ हजार मासिक कमाउँदै आएको बताए । सुरुङ्को सिमेन्टको पाईप बनाउने उद्योगमा रिर्मोटबाट मेसिन चलाउँदै आएका चौधरीले तीन महिनादेखि काम गर्दै आएको जानकारी दिए । ‘खान र बस्नसहित ३७ हजार कमाई हुन्छ,’ उनले भने, ‘काम गर्न सबै रिर्मोटबाट हो सजिलो छ ।’ यहाँ संचालित सिमेन्टको पाईप बनाउने उद्योगमा मात्र साँढे तीन सय नेपाली कामदार छन् । गाडी चलाउने, मेसिन चलाउने, वल्डिङ्देखि सरसफाईको काम हुने गर्छ । विदेशभन्दा भेरी बबई आयोजनामा नेपाली वेरोजगार कामदारले राम्रो आम्दानी गरिरहेका छन् । आयोजनामा  पाँच सय नेपालीसहित ९० चिनियाँ र ३ जना रसियन कामदार रहेका छन् ।

आयोजना निर्माणको ठेक्का पाएको चाइना ओभरसिज ईन्जिनियरिङ् गु्रप (कोभेक) प्रशासकिय प्रमुख लि–छाङ्योङ्गले नेपालीले पाँच सय रोजगारी पाएको र अझै कामदार आवश्यक परिरहेको बताए । ‘उनीहरुका लागि खान, बस्नको निशूल्क व्यवस्था गरिएको छ,’ उनले भने, ‘काम विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म काम हुन्छ ।’ आयोजनाको १२ किलोमिटर सुरुङ् निर्माणसम्म दैनिक ५ सयले रोजगारी पाउने उनले भने । आयोजनाको काम सक्न अझैै दुई वर्ष लाग्छ । सुर्खेतको भेरीगंगा नगरपालिका हात्तीखालमा सुरुङ र पाईप उद्योग निर्माण भैईरहेको छ । ७० रोपनी जग्गामा उक्त पाईप उद्योग संचालित छ । यहाँ पाँच हजार सुरुङ पाईप निर्माण हुनेछ ।

प्रकाशित: ३० आश्विन २०७४ ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App