coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वीरगञ्जमा टिभिएस ‘थ्री ह्विलर्स’को सोरुम

जगदम्बा मोर्टसले वीरगन्जमा सञ्चालनमा ल्याएको सोरुम अगाडि प्रदर्शनमा राखिएका नयाँ ‘टिभिएस किङ डिलक्स’ अटो रिक्सा । तस्बिर : रितेश त्रिपाठी

वीरगन्ज– नेपालको लागि टिभिएस ब्रान्डको आधिकारिक विक्रेता जगदम्बा मोर्टसले वीरगन्जमा आइतबारदेखि नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीका बजार प्रवद्र्धन प्रमुख विक्रम शर्मा पौडेलले तेजारथटोल मेनरोडस्थित सोरुम ‘टिभिएस किंग डिलक्स’ अटो रिक्सा प्रदर्शन गरी शुभारम्भ गरेका थिए । 

‘सुरक्षाका दृष्टिकोणले निकै बलियो किसिमको बाहिरी आवरण बनाइएको ‘टिभिएस किंग डिलक्स’ अटो रिक्सामा भित्र दमदार इन्जिन छ । त्यस्तै आरामदायी सिट र चलाउन सजिलो हुने अपरेटिङ प्रणाली राखिएको छ,’ पौडेलले भने, ‘तिनप्राँग्रे सवारी पल्टिने खतरा रहन्छ भन्ने गरिए पनि टिभिएसको यो अटो रिक्सालाई पल्टिनबाट जोगाउने किसिमले सन्तुलित र जमिनदेखिको उचाइ बढाएर बनाइएको छ ।’ गुणस्तरीय हुने भएकाले भारतमा उत्पादित यो तीनपाँग्रे बाहिरका विभिन्न देशमा बजार लिन सफल भएको उनले दाबी गरे । 

सोरुमका प्रमुख सन्तोष पटेलले व्यावसायिक ट्याक्सीको रुपमा चलाउन उक्त अटोरिक्साले न्यूनतम इन्धनमा अधिकतम माइलेज दिने भएकाले लोकप्रिय रहेको बताए । सर्भिस र पार्टपुर्जा सुलभ ढँगले आफूहरुले उपलब्ध गराउने उनले दाबी गरे। 

 

प्रकाशित: ३० आश्विन २०७४ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App