coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सामाजिक सुरक्षा कोषमा पौने १७ करोड

हेटौंडा - सामाजिक सुरक्षा कोषमा गत आर्थिक वर्ष २०७३/७४ मा एक प्रतिशत कर कट्टीको १६ अर्ब ७९ करोड रुपैयाँ जम्मा भएको छ । कोषले हेटौंडामा मंगलबार आयोजना गरेको सामाजिक सुरक्षा सम्बन्धि जनचेतना अभिवृद्धिका लागि त्रिपक्षीय अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो ।
एक प्रतिशत करबाट दुर्घटना बिमा, मातृत्व सुरक्षा, औषधि उपचार, बिमा तथा बिमारी बिमा योजनाको कार्यविधि तयार भइसकेको कार्यकारी निर्देशक राजकुमार श्रेष्ठले बताए । उनका अनुसार सामाजिक सुरक्षा कार्यक्रममा सहभागी भएर एक प्रतिशत कर बुझाएका जो कसैले पनि फाइदा लिन सक्नेछन् ।
सञ्चय कोषको विकल्पमा ल्याइएको भएपनि सामाजिक सुरक्षा कोष नियमावली नल्याइदा अन्यौलता रहेको उनले बताए । कोषबाट फाइदा लिन सम्बन्धित उद्योग तथा प्रतिष्ठानले कर कट्टी गरी कोषको बैंक खातामा रकम जम्मा गरेको भौचरको फोटोकपी र विवरण फारम भरी कोषमा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक श्रेष्ठले नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा मुख्य व्यवस्थाहरु विषयक कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सुरक्षाको अवस्था, चुनौती, सम्भावना र सरोकारवालाको भुमिकाबारे बताए ।
सरकारी, गैरसरकारी, निजी क्षेत्र र उद्योगमा काम गर्ने मजदुुर कर्मचारीले एक प्रतिशत कर तिर्दै आएका छन् । तरपनि उद्योग तथा प्रतिष्ठानहरुले विवरण उपलब्ध नगराउँदा नयाँ कार्यक्रम सञ्चालनमा समस्या भएको निर्देशक श्रेष्ठले बताए ।
देशका दुई हजार नौ सय ८२ प्रतिष्ठानले सामाजिक सुरक्षा कोषमा विवरण उपलब्ध गराएको छ । कोषका अनुसार दुई हजार सात सय नौ सरकारी, दुई सय ४४ निजी र २९ अर्धसरकारी प्रतिष्ठानले विवरण उपलब्ध गराएको छ । मकवानपुरका ६ सरकारी, चार निजी र एक अर्धसरकारी प्रतिष्ठानले मात्र विवरण उपलब्ध गराएको पनि कोषले जनाएको छ ।
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी, मजदुर, सरकारी कर्मचारी र गैरसरकारीकर्मीहरुले कोषको काम, फाइदा र चुनौतीबारे जिज्ञासा राखेका थिए भने कोषका कार्यकारी निर्देशक श्रेष्ठले उत्तर दिएका थिए ।
कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन महासंघका अध्यक्ष माधव अधिकारी, उद्योग संघ मकवानपुरका उपाध्यक्ष लेखराज पोखरेल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, श्रम कार्यालय हेटौंडाका प्रमुख नितेश्वर राय यादव, प्याब्सन मकवानपुरका अध्यक्ष मदनकुमार दाहाल लगायत सहभागी थिए ।

प्रकाशित: २५ आश्विन २०७४ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App