८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउन माग

कोशी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि विराटनगर विमानस्थल बिस्तार गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग गरिएको छ।

पर्यटन दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमका सहभागिहरूले कोशी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारसँग माग गरेका हुन्।

पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागिहरू। तस्बिर: विनोद/नागरिक

नेपाल पर्यटन फेडरेशनले आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै फेडरेशनका अध्यक्ष रेवतबहादुर थापाले विराटनगरमा अन्तर्राष्ट्रिय विमान स्थल बनाउनुपर्ने माग लामो समयदेखि यस क्षेत्रका पर्यटन व्यवसायी, उद्योगी, व्यवसायी र नागरिकसमाजले राख्दै आएको भए पनि उक्त मागको सुनुवाई हुन नसकेको गुनासो गरे।

थापाले आफू विराटनगर अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि  अभियान सुरु गर्ने बताए। उनले विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने अभियानमा साथ दिन विराटनगरवासीलाई आग्रहसमेत गरे। कार्यक्रममा प्राध्यापक भेषराज पोखरेलले विराटनगरमा अन्तर्राष्ट्रिय  विमानस्थल निर्माणका लागि आफू जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए।

कार्यक्रममा उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयस प्याकुरेलले विराटनगर विमानस्थलको रन वे विस्तार गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजी क्षेत्रले लामो समय देखि पहल गर्दै आएको बताए। उनले जग्गा अधिग्रहणमा अत्यधिक लागत देखिएपछि विमानस्थल विस्तारको योजना तत्कालका लागि स्थगित भएको जानकारी दिए।

प्याकुरेलले विराटनगर विमानस्थल विस्तार गरी अन्तर प्रदेश र अन्तर्राष्ट्रिय उडान विराटनगरबाट सञ्चालन गर्न निजी क्षेत्रले अझै पनि पहल गरिरहेको बताए। कार्यक्रममा होटल, पर्यटन, उद्योग, राजनीति र विभिन्न पेशागत संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित: १० आश्विन २०८० १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App