४ वैशाख २०८१ मंगलबार
अर्थ

सगुनबारे भारत सरकारको चासो

नयाँ दिल्ली-सोसल कमर्श साइट सगुनबारेमा भारतीय सरकारले चासो राखेको छ। भारतीय राजनीतिक नेतृत्वदेखि नीतिगत निर्णय गर्ने नेतृत्व तहले सगुनका बारेमा चासो राखेको हो।

भारतीय सरकारको नीति निर्माण र कार्यान्वयनमा सहयोग गर्ने ' थीङ्क ट्याङक ' संस्था नीति आयोगले भारतमा समेत कार्यालय राखि सञ्चालनमा आइराखेको स्टार्ट अप कम्पनी सगुनलाई भारत सरकारका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बचन दिएको हो।

सगुनका संस्थापक गोविन्द गिरीसँगको भेटमा भारतीय नीति आयोगका प्रमुख कार्यकारी अधिकृत अभिताभ कान्तले भारत सरकार सगुनलाई कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको बताए। भेटमा उनले भने, 'सगुनका भावी योजना र परियोजनाहरुमा भारतीय सरकारका तर्फबाट आवश्यक सहयोग रहनेछ।'

अमेरिकामा स्टार्टअप कम्पनीका रुपमा स्थापना भएको सोसल कर्मश साइट सगुन भारतमा समेत कार्यालय खोलेर काम गर्दै आएको छ। सगुनले भारतमा आफ्नो कार्यालयमा डिजाइन र डेभ्लपमेन्टको काम गर्छ।

रतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले स्टार्ट अप कम्पनीहरुलाई प्रवर्दनात्मक कार्यक्रम ल्याएको छ। नीति आयोगले पनि ' स्टार्ट अप इण्डिया कार्यक्रम ' मार्फत स्टार्ट अप कम्पनीहरुलाई नीतिगत र अन्य व्यवहारिक  सहयोग गर्दै आएको छ।

आयोगका प्रमुख कार्यकारी अधिकृत कान्तसँगको भेटमा सगुनका सहसंस्थापक स्वाती दयाल पनि थिए। यसअघी सगुनका संस्थापक गिरीले भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेट गरेका थिए। भारतीय सरकारका दुबै उच्च नेतृत्वसँगको भेटमा उनीहरुले सगुनको योजना र लक्ष्यका बारेमा जानकारी लिएका थिए।

अमेरिकामा स्टार्टअप कम्पनीका रुपमा स्थापना भएको सोसल कर्मश साइट सगुन भारतमा समेत कार्यालय खोलेर काम गर्दै आएको छ। सगुनले भारतमा आफ्नो कार्यालयमा डिजाइन र डेभ्लपमेन्टको काम गर्छ।

सगुनलाई सफल बनाउन भारत सरकारको तर्फबाट दिनुपर्ने सबै किसिमका सुविधा दिन भारत सरकार तयार रहेको भारतीय गृहमन्त्री राजनाथ सिंहले बताए। सगुनले सर्वसाधारणलाई शेयरमा लगानी गर्न अवसर दिएकोमा पनि सिंहले खुसी व्यक्त गर्दै दक्षिण एशियामा पनि स्टार्ट अप कल्चरलाई वढावा दिनुपर्ने आफ्नो राय राखे।

अमेरिकामा शुरु भएपनि सगुनमा नेपाली मूलका संस्थापक भएको जान्न पाउँदा आफूलाई खुसी लागेको जनाउँदै सिंहले सगुनको सफलता नेपाली मूलको एक नेपालीको मात्र नभइ दक्षिण एशियाकै आम नागरिकको सफलतासँग जोडिएको बताएका थिए।

गिरीसँगको भेटमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भारत सरकारका तर्फबाट सगुन जस्ता स्टार्ट अप कम्पनीहरुको प्रवर्द्धनमा सहयोग गर्ने आश्वासन दिएका थिए। भारतीय उच्च नेतृत्वसँग भएको भेटले आफू निकै उत्साहित भएको उल्लेख गर्दै सगुनका संस्थापक गिरीले स्टार्ट अप कम्पनीहरुलाई वढावा दिने भारतीय नीतिबाट आफू प्रभावित भएको सुनाए।

सगुन आफ्नो एन्ड्रोइड भर्सनको मोवाइल एप ल्याउने अन्तिम तयारीमा जुटिरहेको छ। भारतबाटै सार्वजनिक हुने सो मोवाइल एपपछि प्रयोगकर्ता बढ्ने अपेक्षा सगुनको विश्वास छ।

प्रकाशित: ६ आश्विन २०७४ १८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App