८ वैशाख २०८१ शनिबार
अर्थ

टाटा योद्धा नेपालमा सार्वजनिक

काठमाडौं— नेपालमा सर्वाधिक रुचाइएको कमर्सियल भेहिकल ब्राण्ड टाटा मोटर्स् र यसको नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गप्रालिले बिहीबार टाटा योद्धा गाडी सार्वजनिक गरेका छन्।

टाटा मोटर्स्द्वारा उत्पादित टाटा योद्धाले प्रतिस्पर्धात्मक युगमा आफ्नो अतुलनीय विशेषताहरुको प्रतिनिधित्व गर्दछ। यो विभिन्न भेरियन्टहरुमा उपलब्ध छ। यसमा भएको ८५ एचपिको शक्तिशाली ३.० लिटर इन्जिन, २५० एनएम टर्कले यसलाई आफ्नो वर्गको उत्कृष्ट गाडी साबित गरेको छ। उत्कृष्ट ग्राउन्ड क्लियरेन्सले गर्दा यसलाई जुनसुकै व्यवसायमा जस्तै फलफूल र तरकारी, पोल्ट्री, माछा, दूध आदि ढुवानीमा, क्यास भ्यान र कन्सट्रक्सन साइटहरुमा सर्भिस सपोर्ट भेहिकलको रुपमा ढुक्कले प्रयोग गर्न सकिन्छ।

उद्‌घाटन कार्यक्रममा बोल्दै टाटा मोर्टस् लिमिटेडका कमर्सियल भेहिकल इन्टरनेशनल बिजनेश यूनिटका भाइस पे्रसिडेन्ट रुद्ररुप मैत्रले टाटा मोटर्स् नेपालको नम्बर एक ब्राण्डको रुपमा चिनिएको र टाटा योद्धाले नेपाली ग्राहकहरुको आवश्यकतालाई पूरा गरेर मन जित्ने कुरामा आफू विश्वस्त रहेको बताए। उनले टाटा योद्धा ग्राहकहरुको दैनिक प्रयोगका लागि उत्कृष्ट माध्यम साबित हुने र यसले ग्राहकहरुले रोजेको जुनसुकै व्यवसायको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। यो गाडीले ननस्टप पर्फमेन्स, अत्याधुनिक आरामदायी, सुरक्षित, स्टाइलिस लुक र एस्योर्ड सर्भिस ग्यारेण्टी प्रदान गर्ने उनले जानकारी दिए। उनले अबको ६ महिनामा योद्धा प्ल्याटफर्म अन्तर्गत नयाँ भेरियन्ट थप्ने कुरामा समेत जोड दिएका थिए।

सिप्रदी ट्रेडिङ्ग प्रालिका अध्यक्ष सिद्धार्थ सम्शेर जंगबहादुर राणाले आफूहरुले टाटा मोटर्स्सँग सन् १९८२ देखि सहकार्य गर्दै आइरहेको र हालसम्म टाटा मोटर्स्ले नेपालमा आफ्नो बजार पूर्ण रुपले विस्तार गर्न सफल भएको व्यक्त जनाए।

सोही कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रालिका अध्यक्ष सिद्धार्थ सम्शेर जंगबहादुर राणाले आफूहरुले टाटा मोटर्स्सँग सन् १९८२ देखि सहकार्य गर्दै आइरहेको र हालसम्म टाटा मोटर्स्ले नेपालमा आफ्नो बजार पूर्ण रुपले विस्तार गर्न सफल भएको व्यक्त जनाए। उनले सिप्रदीले नेपालमा टाटा मोटर्स्का उत्पादनहरुको बिक्री वितरण तथा बिक्री पश्चात्का सेवाहरुमा सधैं उत्कृष्ट साथ दिइरहेको र आगामी दिनहरुमा समेत निरन्तर दिइरहने जनाए।

टाटा मोर्टस् लिमिटेड ४२ बिलियन अमेरिकी डलरसहित विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो। यसले कार, यूटीलिटी भेहिकल, बस, ट्रक, डिफेन्स भेहिकल आदिको उत्पादन गर्दै आइरहेको छ। भारतको बृहत् अटोमोबाइल कम्पनी तथा १०० बिलयिन अमरिकी डलरको टाटा मोटर्स् युके, दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा अन्य ७६ वटा सहायक कम्पनीहरु जस्तै यूकेमा जुगर ल्यान्डरोभर र दक्षिण कोरियामा टाटो डेउका साथ बलियो ग्लोबल नेटवर्कका स्थापित छ।

कम्पनीको भारतमा फिएटसँग संयुक्त औद्योगिक भेन्चर लगानी पनि रहेको  छ। हाल ९० लाख टाटाका गाडीहरु भारतीय सडकमा गुडिरहेका छन् जसले टाटा मोटर्स्लाई भारतीय बजारमा कमर्सीयल गाडी र प्यासेन्जर गाडीे बिक्रीको प्रमुख हिस्सा दिलाएको छ। कम्पनीको नयाँ आविष्कारहरु प्राय नयाँ प्रविधिमा आधारित छन् जुन् दिगो तथा सबैलाई उपयुक्त हुने खालका छन्। टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, रसिया लगायत विश्वका विभिन्न भागहरुमा विक्रीवितरण हुन्छन्।

सिप्रदी ट्रेडिङ्ग प्रालि नेपालमा अटोमोटिभ तथा अलाइड बिजनेशको मुख्य हिस्सा हो। यो नेपालको प्रतिष्ठित ब्रान्डहरुमध्ये एक पनि हो। विगत ३५ वर्षदेखि सिप्रदी वार्षिक ३५० मिलियन अमेरिकी डलर राजस्वका साथ नेपालको अटोमोटिभ, ईनर्जी, लुब्रिकेन्ट, वित्तिय सेवा र इक्यूपमेन्ट बिजनेशमा तीव्र रुपले विस्तारित भइरहेको छ। ग्राहकहरुलाई स्तरीय सुविधा प्रदान गरी आफ्नो ब्रान्ड इमेजलाई समेत बढावा दिने मुख्य उद्देश्यका साथ कम्पनीमा हाल ७५० जना कर्मचारी र ६५० जना सहायक कर्मचारीहरु कार्यरत छन्।

सन् १९८२ देखि टाटा मोटर्स् लिको नेपालका लागि आधिकारिक वितरकको रुपमा परिचित यो कम्पनी आइएसोद्वारा प्रमाणित छ। सिप्रदीले टाटा मोर्टस्द्वारा उत्पादित कमर्सियल तथा प्यासेन्जर गाडीहरुको नेपालभर विक्री वितरण र त्यसपछिको सेवाहरु प्रदान गर्दै आइरहेको छ। साथै सिप्रदी नेपालकै बृहत शाखा संजाल भएको कम्पनीको रुपमा पनि परिचित छ। टाटा मोटर्स्बाट उत्पादित कमर्सियल भेहिकलहरुका लागि यसको १८ वटा सेल्स अफिसहरु र २४ वटा सर्भिस सेन्टरहरु र प्यासेन्जर भेहिकलहरुका लागि १६ वटा शोरुम र २४ वटा सर्भिस सेन्टरहरु नेपालभर छरिएका छन्।

प्रकाशित: २९ भाद्र २०७४ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App