१५ चैत्र २०८० बिहीबार
अर्थ

कृषि तथा पशुजन्य वस्तु चीन निर्यात गर्न पहल गरिने

रसुवा– नेपालमा उत्पादन भएको कृषि तथा पशुजन्य वस्तु छिमेकी देश चीनमा निर्यात गर्नका लागि पहल गरिने भएको छ। देशमा जनशक्ति र प्रविधिको व्यवस्थापन हुन नसक्दा पशुजन्य सामग्री बाहिरी देश निर्यात गर्न कठिनाई भएकाले पशुपंक्षी मन्त्रालयले आवश्यक पहल गर्न लागेको हो। चीनको तिब्बतमा मासु र कृषि सामग्रीको अत्यधिक माग रहेको भए पनि रसुवागढी नाकामा पशु क्वारेन्टाइन नहुँदा पशुजन्य सामग्री निर्यात गर्न सकिएको छैन।

‘बाहिरी देशमा पशुजन्य सामग्री निर्यातका लागि अन्तराष्ट्रिय मापदण्डको प्रविधि र जनशक्ति आवश्यक पर्छ, यसका लागि व्यवस्थापन हुन सकेको छैन्’,  राज्यमन्त्री कुवरले भनिन्।

जिल्लाबाट अहिले काठजन्य सामग्री मात्र चीनतर्फ निर्यात भैरहेको छ। हिमाली आयोजनाले रसुवामा सञ्चालन गरेको उपआयोजनाको अनुगमन गर्न बुधबार साँझ रसुवा आएकी पशुपंक्षी विकास राज्यमन्त्री गोमा कुँवरले व्यापारिक नाका रसुवागढीमा पशु क्वारेन्टाइनको व्यवस्थापनका लागि मन्त्रालयबाट पहल गर्ने बताएकी हुन्।

‘बाहिरी देशमा पशुजन्य सामग्री निर्यातका लागि अन्तराष्ट्रिय मापदण्डको प्रविधि र जनशक्ति आवश्यक पर्छ, यसका लागि व्यवस्थापन हुन सकेको छैन्’,  राज्यमन्त्री कुवरले भनिन्। यसका लागि पहल गर्नेछु उनले थपिन् ।

राज्यमन्त्री कुवरले देशलाई कृषि र पशुजन्य बस्तुमा आत्मनिर्भर बनाउनका लागि सरकारले प्रयाप्त लगानी गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन् ‘सरकारले एजेण्डा मात्र बनाउने भन्दा पनि कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाएर देशलाई आत्मनिर्भर बनाउनु पर्छ।’

स्थानीय तहले पशुपन्छीको बजेट जथभावी गरेको आरोप

रसुवामा चिज, माछा, जडिबुटी उत्पादन बढेको भए पनि यसको बजार व्यवस्थापनमा समस्या आएको कृषकले बताएका थिए। उनीहरुले जिल्लामा चिस्यान केन्द्रको स्थापना गर्नका लागि सहयोग गर्न आग्रह समेत गरेका थिए। कृषकको माग सम्बोधन गर्नका लागि मन्त्रालय तथा हिमाली आयोजनासँग छलफल गर्ने उनले बताइन्।

नयाँ संरचना अनुसार कायम भएका स्थानीय तहले मन्त्रालयबाट पशुपंक्षीको क्षेत्रमा छुट्याएको बजेट स्थानीय तहले जथाभावी खर्च गरिरहेकोप्रति ध्यानाकर्षण भएको उनले जानकारी दिइन्। राज्यमन्त्री कुँवरले जिल्लामा सञ्चालित आधा दर्जन उपआयोजनाको अनुगमन गरेकी थिइन्। 

प्रकाशित: २९ भाद्र २०७४ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App