१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

होन्डा नेपालले ल्यायो 'होन्डा एलिभेट'

होन्डा नेपालले हालै अत्याधुनिक पाँच सिटर एसयुभी होन्डा एलिभेट सार्वजनिक गरेको छ। 

आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयुभीले ग्राहकलाई उच्चस्तरीय ड्राइभिङ अनुभव दिने होन्डाको दाबी छ। होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्ने र गाडीको स्पेसियस इन्टेरियरले यात्रुहरूलाई आरामदायी यात्राको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

यसका अतिरिक्त यस गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्यधिक सुरक्षा प्रदान गर्ने र २२० मिलिमिटर को असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्ने सुविधा रहेका छन्। होन्डा एलिभेट नेपालभरिका आधिकारिक होन्डा डिलरसिपहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०८० ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App