१६ चैत्र २०८० शुक्रबार
अर्थ

कृषि प्रविधिमा काम गर्ने दुई नेपाली संस्थालाई अमेरिकी अवार्ड

काठमाडौं – अमेरिकी सरकारको फिड द फ्‍युचर कार्यक्रमले आज आफ्नो विश्‍व्यापी डाटा-ड्रिभन फार्मिङ प्राइज (तथ्याङ्कद्वारा निर्देशित कृषि पुरस्कार) विश्‍वभरका चार संस्थालाई प्रदान गर्ने घोषणा गरेको छ। ती संस्थाहरूले कृषि उत्पादनको सुधारका लागि सूचना तथा सञ्‍चार प्रविधिको सदुपयोग गर्ने नवीनतम उपयहरू अपनाउँदै आएका छन्।

काठमाडौँस्थित सूचना तथा सञ्‍चार प्रविधिमा आधारित संस्था डिबीटुम्यापले आफ्नो जिओकृषि कार्यक्रमका लागि १ लाख अमेरिकी डलर राशिको पुरस्कार प्राप्‍त गरेको छ। कृषकहरूलाई बाली उत्पादन वृद्धिमा सहयोग गर्नका लागि जमिन तथा माटोको अवस्था जाँच्न सरकारी तथा क्राउडसोर्स गरिएको सूचनालाई जिओकृषि कार्यक्रमले एकीकृत गर्दछ। नेपालकै अर्को संस्था आईसिटी फर एग्रिकल्चर (कृषिका लागि सूचना तथा सञ्‍चार प्रविधि) ले ५० हजार अमेरिकी डलर राशिको पुरस्कार प्राप्‍त गरेको छ।

डाटा-ड्रिभन फार्मिङ पुरस्कारका लागि २१ देशबाट १४३ ओटा आवेदन परेका थिए, जसमध्ये नेपालबाट ८३ ओटा आवेदन थिए । निर्णायक चरणमा परेका १३ आवेदनमध्ये ६ आवेदन नेपालका थिए।

ग्रामीण कृषकहरूलाई घुम्ती तथा वेबमा आधारित माध्यमबाट उक्त कार्यक्रमले कृषिसम्बन्धी विस्तृत जानकारी प्रदान गर्दछ। अन्य पुरस्कार विजेतामा जर्मनीका पिईएट तथा क्‍यानाडाका स्पेरो एनेलिटिक्स नामक प्रविधिसम्बन्धी संस्थाहरू रहेका छन्, जसले क्रमश: १ लाख र ५० हजार अमेरिकी डलर राशिको पुरस्कार प्राप्‍त गरेका छन्।

मौसम, माटो र बजार भाउमा आउने परिवर्तनले कृषि क्षेत्रभर नै प्रतिकूल असर पार्न सक्छन् । स्याटलाइट, मौसम मापन केन्द्र, सरकार तथा शोधकर्ताहरूले नियमित रूपमा कृषिजन्य विवरण सङ्कलन गर्दछन्। यद्यपि, यस्तो विवरणलाई एकत्रित गरी कृषकलाई उचित जानकारी दिएको विरलै पाइन्छ।

कार्यक्रममा बोल्दै युएसइआईडीकी कार्यवाहक निर्देशक एमी टोहिल-स्टलले भने,'अबदेखि डाटा शोधमूलक निकायका कम्प्युटर सर्भरमा सीमित हुनुहुँदैन। त्यस्तो डाटालाई हामीले नेपालका कृषक, कृषिव्यवसायी र कृषि भ्यालु चेनभरका सम्पूर्ण सरोकारवालाहरूका लागि खुल्ला र पहुँचयोग्य बनाउनुपर्छ। यसैलाई हामीले डाटा-ड्रिभन फार्मिङ भनेका हौँ।'

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) द्वारा फेब्रुअरी २०१७ मा सुरु गरिएको ३ लाख अमेरिकी डलर राशिको डाटा-ड्रिभन फार्मिङ पुरस्कारले नेपालका साथै विश्‍वभरकै साना किसानलाई सहयोग गर्नका लागि व्यावहारिक जानकारी सोर्स, विश्‍लेषण र प्रदान गर्ने नवीन औजार तथा विधिहरूलाई मान्यता दिन्छ। डाटा-ड्रिभन फार्मिङ पुरस्कारका लागि २१ देशबाट १४३ ओटा आवेदन परेका थिए, जसमध्ये नेपालबाट ८३ ओटा आवेदन थिए । निर्णायक चरणमा परेका १३ आवेदनमध्ये ६ आवेदन नेपालका थिए।

 

प्रकाशित: २२ भाद्र २०७४ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App