८ वैशाख २०८१ शनिबार
अर्थ

कृषि व्यापार तथा लगानी सम्मेलन

काठमाडौं– नयाँ लगानीकर्तालाई  कृषि व्यवसायमा आकर्षित गर्न राजधानीमा कृषि व्यापार तथा लगानी प्रदर्शनी सम्मेलन–२०१७ हुने भएको छ । कृषि र आर्थिक विकासका लागि सार्वजनिक, निजी क्षेत्र, द्विपक्षीय तथा बहुपक्षीय रुपमा व्यावसायिक कृषि प्रवद्र्धन गर्नका लागि आगामी भदौ २९ देखि ३१ गतेसम्म तीनदिने सम्मेलन आयोजना गर्न लागिएको हो ।

हाउस तथा राजकर्णिकार कम्पनीले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त जानकारी गराएको हो । मेलालाई कृषि विभाग, पशुपक्षी विभाग, अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल कृषि व्यवसाय केन्द्र, नेपाल डेरी संघ, नेपाल चिया तथा कफी बोर्डले सघाएका छन् ।

व्यावसायिक कृषिका लागि प्राविधिक, वित्तीय जानकारी गराई मेलामा उपभोक्ता, विज्ञ, व्यवसायी, आयात तथा निर्यातकर्ताबीच ज्ञान र सीप बाँड्नका लागि आयोजना गरिएको मेलामा एक सय २० स्टल राखिने आयोजकले जनाएका छन् । स्टलमा कृषि, बागवानी, वनस्पती, पोल्ट्री, पशु र नगदे बालीका बारेमा जानकारी गराइने योजना रहेको आयोजकको भनाइ छ  । मेलामा करिब ३० हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छन् ।

मेलाले प्राविधिक, वित्तीय, आपूर्ती, बजारीकरण र बिक्री वितरणमा सघाउने, कृषि व्यवसायको लागि उपयुक्त नीति बनाउन पहल गर्ने जनाइएको छ ।

 

प्रकाशित: २१ भाद्र २०७४ ०५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App