८ वैशाख २०८१ शनिबार
अर्थ

सडक मर्मत नहुँदा महँगीको मारमा स्थानीय

बाजुरा – मार्तडी कोल्टी ट्याक्टर सेवा बन्द भएको तीन महिना बित्यो । समान ढुवानीका लागि खच्चड सेवा समेत नियमित छैन् । अधिकांश समान विमानबाट र मान्छेले बोकेर कोल्टी पुर्याउनु पर्ने बाध्यता छ । जसका कारण त्यस क्षेत्रका सबैजसो बजार पसलमा दैनिक उपभोेग्य समानको अभाव देखिएको छ।

४३ किलोमिटर सडक वर्षाले दर्जनाैँ स्थानमा भत्किएको छ । बाउली खोलाले सडकको निशाना समेत बाँकी राखेको छैन् । पोरखे लेक क्षेत्रमा ठूला ठूलो पहिरो खसेका छन् । जसका कारण सेवा पूर्ण रुपमा ठप्प छ। 

बाटो नभत्किएसम्म जिप र ट्याक्टर सेवा दानसाँधुसम्म जाने गरेका थिए । बाटो बन्द हुँदा चार वटा स्थानीय तह र हुम्ला, मुगु र कालिकोट जिल्ला सम्मको सम्बन्ध टुटेको छ । कोल्टी लगायतका स्थानीय बजारमा चामल, नुन तेल देखि अन्य दैनिक उपभोग्य समानको अभाव देखिएको राजेन्द्र नाथले जानकारी दिए। 

महँगो भाडा तिरेर भएपनि समान ढुवानी गर्दै आएका व्यापारी बाटो बन्द हुँदा व्यवसाय ठप्प पारेर बसेका छन् । वर्षादका लागि बन्द समान असार र साउनको महिना सकियो, भदौमा घाम लाग्छ र बाटो सहज हुन्छ, भन्दा मर्मतका लागि कसैले पहल नगरेको व्यापारीको गुनासो छ।

बजारमा दैनिक उपभोग्य समानको अभाव छ । भएको समानको मूल्यपनि आकाशिएको छ । तिरी नसक्नु मूल्य छ, यसको मारमा स्थानीय परेका छन् । बाटो बन्द छ, खच्चड चल्न नसकेपछि व्यापारीले महँगो भाडा तिरेर दशैका लागि भन्दै जहाजबाट ढुवानी गर्न थालेका छन्। 

जुन समान सबै सर्वसाधारणका लागि सहज छैन्, कोल्टी क्षेत्रका स्थानीयले प्रत्येक वर्षको वर्षादमा खाद्य समस्या भोग्दै आएका छन् । राज्यले समस्यालाई गम्भीर रुपमा लिएको छैन् । 

यता २२ वर्षदेखि निर्माण अधुरै रहेको साँझे मार्तडी सडक खण्ड अवरुद्ध छ । मार्तडी पुग्न पनि पैदल हिँड्नु पर्ने बाध्यता छ । बजारमा अन्य नुन तेल चिनी लगायतको समानमा पनि १० देखि २३५ रुपैयाँका दरले मूल्य वृद्धि भएको छ । बाटो तत्काल बन्ने सुरसार नभएपछि दशैँ खल्लो हुने देखिन्छ। 

दशैँ अगाडि बाटो मर्मत हुने र जिप तथा ट्याक्टर सेवा सुचारु हुने अवस्था नरहेको जिल्ला समन्वय समिति बाजुरा संयोजक नरेन्द्र रोकायाले बताए । स्थानीय तहमा प्रमुख उपप्रमुखहरू आ आफ्नै काममा व्यस्त रहेको र गाउँ तथा नगर सभाकै लागि बढी समय खर्चिनु पर्ने भएकोले संभावना कम रहेको रोकायाको भनाई छ। 

प्रकाशित: १९ भाद्र २०७४ १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App