coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एलजीको सामान खरिदमा निःशुल्क उपहार देखि ३० प्रतिशतसम्मको छुट

काठमाडौँ – एलजी कम्पनीले दशै तिहार तथा छठको अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने नारासहित विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत एलजीको हरेक सामाग्री खरिमा निःशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट लगायत रहेको छ । 

त्यसैगरी सबै ओलेड टि.भीहरू र ६० इन्चभन्दा माथिका युएचडी टि.भीमा रु ३७,९९० पर्ने एसएचपाइभ साउण्ड बार, ४९ र ५५ इन्च युएचडी टि.भीमा रु १५,०९० मूल्य पर्ने म्युजिक फ्लो, ४३ इन्च युएचडी टि.भी र ४९ अनि ५५ इन्चका स्मार्ट टि.भीहरूमा रु ११,५९० मूल्य पर्ने एलएच ६४बि अडियो सिस्टम र ४३ स्मार्ट र ४३ इन्च भन्दा माथिका नर्मल एलइडी टि.भीहरूमा रु ७,१९० मूल्य पर्ने पिएचवान ब्लुटुथ स्पिकर पक्का उपहार स्वरुप राखिएको छ ।

फ्रन्ट लोड वासिङ्गमसिनमा रु ३,४४०मूल्य पर्ने सुपर कुकर र टप लोड अनि सेमी अटोमेटिक वासिङ्गमसिनमा रु १,११०मूल्य पर्ने कडाई राखिएको छ । डिस्वासरमा रु १,५०० मूल्य बराबरको फ्रि डिटरजेन्ट, माइक्रोवेभ ओभनमा रु २,००० मूल्य पर्ने कुकिङ्ग किट, र ए.सि.को खरिदमा २,५००मूल्य बराबरको फ्रि इन्स्टलेशनजस्ता आकर्षक उपहारहरु सित्तैमा प्राप्त गर्न सकिनेछ । 

 

प्रकाशित: १९ भाद्र २०७४ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App