१६ चैत्र २०८० शुक्रबार
अर्थ

लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्टबीच लगानी सम्झौता

काठमाडौं- देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग स्थापना गर्न नेपाल सरकार र होङ्सी शिवम् सिमेन्टबीच परियोजना लगानी सम्झौतामा हस्ताक्षर (पिआइए) भएको छ । सन् २०१८ भित्र उत्पादन सुरु गर्ने लक्ष्यसहित आइतबार ३६ अर्ब ७५ करोड (करिब ३५ करोड ९१ लाख डलर) को सम्झौता भएको हो ।
यसमा चीनको होङ्सी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट थ्री लिमिटेडको लगानी रहने छ । यस परियोजनामा नेपालका तर्फबाट शिवम् होल्डिङ र विभिन्न व्यावसायिक समूह सहभागी रहेको कार्यक्रममा जानकारी गराइयो । आइतबार एक विशेष कार्यक्रमबीच लगानीबोर्ड र होङ्सी शिवम् सिमेन्टबीच उक्त सम्झौता भएको हो । उद्योगको पूर्वाधार निर्माण सुरु भइसकेको छ ।
यस परियोजनाको लगानी ३६ अर्ब ७५ करोड रुपैयाँमा होङ्सी सिमेन्ट ग्रुपका तर्फबाट ७० प्रतिशत र नेपाली लगानी कर्ताहरूबाट ३० प्रतिशत हुनेछ ।  
नेपालको उत्पादनमूलक क्षेत्रमा यो नै अहिलेसम्मको सबैभन्दा ठूलो विदेशी निजी क्षेत्रको लगानी भएको बोर्डले जनाएको छ ।
सम्झौतामा नेपाल सरकारका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट कम्पनीका निर्देशक तथा महाप्रबन्धक लाई वेइपेङ्ले हस्ताक्षर गरे । उक्त सम्झौता १५ वर्षसम्मका लागि गरिएको हो ।
कम्पनीले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ । सन् २०१८ भित्र उत्पादन सुरु गर्ने र बिस्तारै उत्पादन वृद्धि गर्दै दैनिक १२ हजार टन पु¥याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
नवलपरासीमा सिमेन्ट उद्योग स्थापना हुनेछ । कारखानाको लागि आवश्यक पर्ने चुनढुंगा खानी पाल्पाको ज्यामिरेमा छ । खानीसम्म पुग्न सामान्य ट्र्याक खोलिएको छ र यसको स्तरोउन्नति भइरहेको छ । उद्योगलाई चाहिने बिजुली पु¥याउने काम भइरहेको कम्पनीले जनाएको छ । विभिन्न परियोजनामा सम्झौता हुने तर समयमै विद्युत्, बाटो जस्ता आवश्यक पूर्वाधार नपुग्ने समस्यालाई ध्यानमा राखेर विभिन्न तरिकाबाट काम भइरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए । ‘यो समस्याबाट बच्न उद्योगलाई चाहिने विद्युत्को पूर्वाधार कम्पनी आफैंले बनाउने र पछि नेपाल सरकारले सहयोग गर्ने तरिकाबाट जाने कि भन्ने पनि कुरा अघि बढेको छ,’ अधिकारीले पत्रकार सम्मेलनमा भने ।
सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस लगानी सम्झौताबाट मुलुकको व्यावसायिक वातावरणमा  सकारात्मक सन्देश दिएको बताए । उनले परियोजना कार्यान्वयनको क्रममा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘परियोजना कार्यान्वयनको लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरणको सुनिश्चितता दिलाउन चाहन्छुु,’ मन्त्री कार्कीले भने, ‘बजेटमा प्रतिबद्धता व्यक्त भएअनुसार आवश्यक पूर्वाधार सुविधा सरकारले उपलब्ध गराउने छ ।’ मन्त्री कार्कीले मुलुक संविधान जारी भइसकेपछि आर्थिक सुधारमा केन्द्रित भएको भन्दै वैदेशिक लगानीको वातावरण बन्दै गएको बताए ।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले  यस सम्झौताले विदेशी लगानीकर्ताका लागि नेपाल वास्तवमै आकर्षक गन्तव्य बन्दै गइरहेको प्रमाणित भएको बताए । ‘यो सम्झौतासँगै नेपालमा विश्वस्त भएर लगानी गर्न र नेपालको आर्थिक समृद्धिको यात्रामा साझेदार बन्न विदेशी कम्पनीको लागि अवसरको अनन्त ढोका खोलेका छौं ।’
उक्त अवसरमा होङ्सी शिवम्का निर्देशक तथा महाप्रबन्धक लाई वेइपेङ्ले परियोजनालाई यो अवस्थामा ल्याउन लगानी बोर्डले खेलेको भूमिकाको प्रशंसा गरे । ‘यो सम्झौता साकार पार्न लगानी बोर्डको भूमिका निकै महŒवपूर्ण रह्यो । नेपालमा लगानीको वातावरण सम्बन्धी हाम्रै अनुभवले पनि नेपालमा विदेशी लगानी भिœयाउन लगानीकर्तामा सकारात्मक सन्देश दिएको छ,’ लाईले भने ।
परियोजना लगानी सम्झौतामा दुवै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको अधिकारीले बताए । ‘मुलुकमा लगानी सुरक्षाका लागि भएका ऐन–कानुनका प्रावधानहरू उल्लेख गरिएको छ,’ अधिकारीले भने, ‘यसले लगानी सुरक्षाका लागि थप बल दिएको छ ।’ परियोजना सम्झौतामा स्वदेशी उद्योगसरह उसले पनि सेवा, सुविधा पाउने उल्लेख गरिएको उनले बताए ।
परियोजनाले  बजारमा उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउनुका साथै  नेपालमा गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा समेत सिर्जना गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।
मुलुकमा आवश्यक पर्ने कुल सिमेन्टमध्ये २० देखि २५ प्रतिशत विदेशबाट आयात गरिन्छ । यस अवस्थामा ठूलो लगानीसहित आएको यस होङ्सी शिवम् सिमेन्टले मुलुकमा आवश्यक पर्ने ३० देखि ३५ प्रतिशत सिमेन्ट माग पूरा गर्ने दाबी लगानीकर्ताले गरेका छन् । 

प्रकाशित: १९ भाद्र २०७४ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App