२९ असार २०७७ सोमबार
अर्थ

तालिमले सक्षम बन्दै ग्रामीण महिला

तरकारी खेतीको तालिम लिएका महिलालाई प्रमाणपत्र प्रदान गर्दै महिला उद्यमी महिला महासंघकी महासचिव शोभा ज्ञवाली (दायॉ)

ललितपुर - तरकारी खेतीबारे तालिम लिनुपूर्व ललितपुर वागमति गाउँपालिका घुसेलकी ५८ वर्षीय माइली थिङ तरकारीमा लाग्ने रोगदेखि हैरान थिइन् । आफूले उत्पादन गरेको खेतीमाफूल र फल लाग्ने बेलामा किराले सत्यानाश पारेपछि उनलाई खेती गर्न त्यत्ति जाँगर चल्दैन्थ्यो।

आफूले गरेको मेहनत र लगानी सबै रोग र किटाणुले खाएपछि उनी निराश थिइन् । तर, अहिले उनको त्यो समस्या समाधान भएको छ । उनले गरेको तरकारी खेतीमा कुनै समस्या देखिएको छैन । समस्या आएपनि उनी जैविक विषादीको प्रयोग गर्न सक्ने भएकी छन् । कारण हो–महिला उद्यमी महासंघ नेपालले ग्रामीण क्षेत्रका महिलालाई लक्षित गरेर दिएको ‘एकीकृत शत्रुजीव व्यवस्थापन’ तालिम ।‘गाउँमा तरकारी खेती गर्ने प्रशस्त जग्गा त छ,’ उनले सुनाइन्, ‘तर आफूले गरेको खेतीमा रोग र किरा लागेर हैरान भएका थियौं । अब तरकारीमा लाग्ने रोग र किराहरु कसरी भगाउने भनेर ज्ञान पायौं ।’ उनले तालिमबाट आुधनिक तरकारी खेतीबारे पनि जान्ने मौका पाएको सुनाइन् ।

घुसेलकैठूलीमाया गुरुङलाई पनि उनलाई जस्तै समस्या थियो । जेनतेन गरेको खेतीकिराले खाने र नानाथरी रोग लाग्ने भएपछि उनी पनि दिक्दार थिइन् । महिला उद्यमी महासंघको तालिमपछि उनको समस्या हल भएको छ । उनी भन्छिन्, ‘गाउँमा धेरै थरी वस्तुउत्पादन गर्न सकिन्छ । तर हामीलाई तरिका थाहा नपाएर अलमल हुन्थ्यो ।’ उनले तालिम लिएपछि आफ्नो समस्या हल भएको सुनाइन् ।

जिल्ला कृषि विकास कार्यालय ललितपुरसँगकोे सहकार्यमा सञ्चालन भएको १८ हप्ते तालिमले घुसेलका धेरै महिलाको दैनिकी बदलिएको छ । उनीहरु घरमै अर्गानिक तरकारी खेती तथा अन्य बालीहरु उत्पादन गर्न सक्ने भएका छन् । तालिमको लागि जिल्ला कृषि विकास कार्यालयले दुईजना प्रशिक्षक पनि पठाएको थियो ।

तालिमबाट स्वस्थ बाली उत्पादन गर्न सिकाउने, मित्रुजीवको संरक्षण गर्ने, नियमित बाली अवलोकन गर्ने, कृषकलाई दक्ष बनाउने लगायत लक्ष्य राखिएको महासंघकी महासचिव शोभा ज्ञवालीले जानकारी दिइन्। उनले दुर्गम भेगका महिलालाई आत्मनिर्भर बनाई कृषि उत्पादनबाटै उनीहरुको जीवनस्तरसुधार गर्ने हेतुले तालिम आयोजना गरेको बताइन्। ‘अझै पनि ग्रामीण क्षेत्रका महिला धेरै पछाडि छन्,’ उनले भनिन्, ‘गरिब र पछाडि परेका महिलालाई स्वालम्बी र सजिलै परिवार चलाउन सक्ने सक्षम उद्यमी बनाउने लक्ष्यका साथ काम गरिरहेका छौं ।’ उनका अनुसार यस्ता तालिमले धेरैजसो महिलाको दिनचर्या बदलिएको छ ।

उनले महिला उद्यमी महासंघ महिला उद्योग संघहरुको छाता संगठन भएको बताइन् । देशभरका महिलालाई उद्योगबाटै सक्षम र रोजगार बनाउने उद्देश्यले २१ जिल्लामा शाखा खोलिसकेको महासंघले शाखा विस्तारलाई पनि निरन्तरता दिने जनाएको छ ।

महासंघले आयोजनागरेको तालिम लिएका अधिकांश महिला सन्तुष्ट छन् । आफ्नै सीपले गरेको तरकारी खेतीबाट दुई–चार हजार भएपनि हात पर्न थालेको उनीहरु बताउँछन् । ‘खेती गर्नुभन्दा पहिले घर खर्च चलाउन र बच्चाको स्कुल फी तिर्न निकै कठिन थियो,’ घुसेलकी सिर्जना तिमिल्सिनाले भनिन्, ‘तर अहिले यस्ता समस्या छैनन्, आफ्नै मेहनतबाट घरखर्च चलाएर दुई–चार हजार रुपैयाँ सहकारीमा जम्मा गर्न थालेका छौं ।’ उनीजस्तै दक्षिण ललितपुरमा पर्ने आश्राङ, माल्टा, प्युटार, भट्टेडाडा, दैवीचौर भारदेउलगायत क्षेत्रका महिलाको दैनिकीमा सुधार आएको छ । उनीहरु सरोकारवालिका निकायसँग आफ्ना समस्या खुलस्त राख्न सक्ने भएका छन् ।

महासंघले महिलालाई सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरेका कारण पनिग्रामिण क्षेत्रमा महिलाहरुको आयस्तर वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका तालिम प्रशिक्षक दामोदर न्यौपानेले जानकारी दिए । कृषि कार्यालयले महिलालाई सक्षम बनाउनुका साथै उत्पादन क्षेत्रमा उनीहरुको सहभागिता बढाउनहरेक वर्ष यस्ता तालिम आयोजना गर्दै आएको उनले बताए । ‘हामीले हरेक वर्ष यस्ता तालिम सञ्चालन गर्दै आएका छौं,’ उनले भने, ‘यो वर्षको तालिममा महिला उद्यमी महासंघ नेपालले सहकार्य गरेको छ ।’ उनले जिल्ला कृषि विकास कार्यालयले तालिम अवधिभर अनुगमन पनि गरेको बताए । उनका अनुसार यो वर्षको तालिममा बन्दा उत्पादनबारे महिलालाई सक्षम बनाइएको थियो । ‘यो तालिम एउटा खेतीमामात्रै केन्द्रित हुन्छ,’ उनले भने, ‘सबैभन्दा बढी समस्या देखिएको बालिका आधारमा तालिम सञ्चालन हुन्छ ।’ उनले तालिम अवधिभर अन्य तरकारी खेतीबारे पनि सिकाइएको जानकारी दिए ।

त्यस्तै, वागमति गाउँपालिका वडा २ का अध्यक्ष जगतबहादुर रोले तालिमले गाउँका दिदीबहिनीको क्षमता विकास गरेको बताए । ‘महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको तालिमकै कारण गाउँमा धेरै महिला सक्षम बन्न पाएका छन्,’ उनले भने, ‘यो अन्यन्तै सकारात्मक पक्ष हो ।’ उनले आगामी वर्ष महिला उद्यमीलाई सक्षम बनाउनवडा कार्यालयले बजेटको व्यवस्था गर्ने बताए ।

वैशाख २ गतेदेखि सुरु भएको तालिम शनिबार समापन भएको थियो । समापन कार्यालयमा जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधि, वागमति गाउँपालिका वडाध्यक्ष, उद्यमी महिला महासंघ नेपालका प्रतिनिधि र स्थानीयसहभागिता थियो । समापन कार्यक्रममा तालिममा सहभामी २५महिला उद्यमीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा महिला उद्यमीले कृषि उत्पादनबारे रचेका गीत पनि प्रस्तुत गरेका थिए ।

प्रकाशित: १८ भाद्र २०७४ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App