१५ चैत्र २०८० बिहीबार
अर्थ

सडक सुचारु नहुँदा स्याउ कृषक चिन्तामा

मुगु- लामो वर्षाका कारण गमगढी  नाग्म सडक खण्ड ठाउँ ठाउँ भत्किए पछि जिल्लामा उत्पादन भएको स्याउ कुहिनेमा स्थानीय कृषक चिन्तामा परेका छन्।

बर्षाका कारण स्याउ पाकेर बगैचामा झर्न थालेको तथा सडक यातायात नहुँदा स्याउ नेपालगञ्ज , सुर्खेत र काठमाडौं लैजाने विकल्प नभए पछि कृषकहरु चिन्तामा परेका छन् । स्याउ नफलेको वर्ष डेढ देखि दुई लाख सम्म आम्दानी हुने गरेको तथा यो वर्ष स्याउ अत्याधिक फलेकोले चार लाखसम्म आम्दानी हुने अनुमान गरे पनि बर्षाका कारण स्याउ बोटबाट झरिरहेको र टिपेको स्याउका लागि जिल्लामा बजार नभएकोले स्याउ कुहिने चिन्ता रहेको छायाँनाथ रारा नगरपालिका पाँचका हरिबहादुर रोकायाले जानकारी दिए । स्याउ रुखबाटै झर्न थालेको र सडक यातायात समेत बन्द रहेकाले स्याउ टिपेर सेलार स्टोरमा राख्न थालेको रोकायाको भनाई छ । आफुसंग असी क्वीन्टल क्षमताको स्याउ भण्डारण केन्द्र रहेको भए पनि अन्य स्याउ कृषकका लागि स्याउ भण्डारण केन्द्र नहुँदा उनिहरु बढि चिन्तित रहेको रोकायाले बताए ।

स्याउ पाकेर बोटमा नै झर्न थाले पनि बर्षा नरोकिएको र सडक यातायात समेत बन्द रहेकाले आम्दानीको मुख्य स्रोत मानिएको स्याउ कहिएर खेर जाने चिन्ता बढि रहेको कृषक विष्णुदेवी रोकायाको भनाई छ । कृषकले उत्पादन गरेका स्याउ जिल्लाबाट बाहिर सुरक्षित लैजान जिल्ला कृषि विकास कार्यालयले स्याउ राख्ने कार्टुन समेत उपलब्ध गराएको जनाएको छ। यो संगै जिल्ला कृषि विकास कार्यालयले र कृषिसंग सम्बन्धित काम गर्ने निकायले जिल्लाका विभिन्न स्थानमा स्याउलाई सुरक्षित राख्न स्याउ भण्डारण केन्द्र निर्माण गरेका भए पनि तिनीहरुको सहि सदुपयोग हुन नसक्दा जिल्लामा उत्पादित स्याउ खेर जाने गरेको छ। अघिल्लो वर्ष भन्दा यो वर्ष जिल्लाभर ६० प्रतिशतले स्याउको उतपादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले अनुमान गरे पनि प्रतिकुल मौसमका कारण सडक यातायात बन्द रहेको र हवाई यातायातबाट स्याउ ढुवानी गर्दा महंगो पर्ने हुँदा कृषकले उत्पादन गरेको स्याउ निर्यात गर्न नसकि खेर जाने हो कि भन्नेमा कार्यालय पनि चिन्तामा रहेको जिल्ला कृषि विकास कार्यालयका बागबानी शाखाका प्राविधिक सहायक तेज विक्रम मल्लको भनाई छ । कृषकलाई कार्यालयले झण्डै चार हजार ६ सय स्याउ राख्ने काटुन वितरण गरे पनि कृषकका लागि पर्याप्त नभएको कार्यालयको भनाई छ।

प्रकाशित: १३ भाद्र २०७४ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App