८ वैशाख २०८१ शनिबार
अर्थ

प्रधानमन्त्रीको भारत भ्रमण : पुनर्निर्माण सम्बन्धी चारवटा सम्झौता हुने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममाभारत सरकारसँग भूकम्पपछिको पुनर्निर्माणका लागिचारवटा सम्झौताहुने भएको छ।

भूकम्पबाट क्षतिग्रस्त विद्यालय, स्वास्थ्य संस्था, पुरताŒिवक सम्पदा र निजीआवास पुनर्निर्माणका लागि छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत (सिइओ) गोविन्दराजपोखरेलले जानकारी दिए। प्रधानमन्त्रीको भ्रमण टोलीमासंलग्न रहेकासिइओ पोखरेल पनिबुधबार भारत प्रस्थान गरेका छन्।

…यसअघि भारत सरकारले पुनर्निर्माणका लागि घोषणा गरेको अनुदानसहयोगसम्बन्धीसम्झौतामाऔपचारिकरुपमा हस्ताक्षरहुनलागेको हो,' सिइओ पोखरेलले नागरिकसँगभने, …सम्झौतापछि लामो समयदेखि रोकिएको सहयोग प्राप्तगर्ने रकमको सुनिश्चितताहुनेछ।' भ्रमणका क्रममापुनर्निर्माणसम्बन्धी थपनयाँकार्यक्रम नरहेको उनले बताए। …पुनर्निर्माणको अनुभवआदानप्रदानहुन्छ, थपनयाँकार्यक्रम केही छैन,'पोखरेलले भने।

२०७२ वैशाख १२ को भूकम्पपछि नेपाल सरकारले आयोजना गरेको दाता सम्मेलनमाभारतले पुनर्निर्माणका लागिएक खर्ब ४० अर्ब रुपैयाँ सहयोगगर्ने घोषणा गरेको थियो। पछि उसले २५ अर्ब रुपैयाँअनुदान र ७५ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग गरी कुलएक खर्ब रुपैयाँदिने प्रतिबद्धता जनायो। तर, प्रतिबद्धता जनाएको रकममध्येएक रुपैयाँपनिभारतले अहिलेसम्मदिएको छैन। यसबाट क्षतिग्रस्त विद्यालय, स्वास्थ्य संस्था, पुरताŒिवक सम्पदा र आवास पुनर्निर्माणका कार्यक्रमप्रभावितबनेको प्राधिकरणका प्रवक्तायमलाल भुसालले बताए।

भुसालकाअनुसार अनुदानतर्फको २५ अर्ब रुपैयाँको सम्झौताहुनलागेको हो। सहुलियत ऋण तर्फको ७५ अर्ब रुपैयाँकालागिभने छुट्टै प्रक्रिया अगाडि बढाइने उनले बताए। उनले भने, …अहिले अनुदानतर्फको रकमको सम्झौताहुनलागेको हो। सहुलियत ऋणको छुट्टै प्रक्रिया हुन्छ।'

अनुदानबापतप्राप्तहुने रकममध्ये निजीआवास पुनर्निर्माणमा १० अर्ब, विद्यालयपुनर्निर्माणमा पाँचअर्ब, स्वास्थ्यचौकीपुनर्निर्माणमा पाँचअर्ब र सम्पदापुनर्निर्माणमा पाँचअर्ब खर्च गर्ने प्राधिकरणको योजनारहेको उनले बताए।

सहयोग घोषणा गरेको दुई वर्षपछि बल्ल सहयोगसम्बन्धी सम्झौतापत्रमाऔपचारिक हस्ताक्षर हुनलागेको छ। ढिलाइ हुनुमा नेपाल र भारत दुवै पक्ष दोषी रहेको प्राधिकरणका एक अधिकारीले बताए। …भारतको यसमाआफ्नै किसिमको स्वार्थ थियो। आफ्नो स्वार्थअनुरुपनहुने देखेपछि उसले सहयोग दिन ढिलाइ गर्‍यो,' उनले नागरिकसँगभने, …हाम्रो तर्फबाट प्रभावकारी पहलहुननसक्दापनि यो अवस्थाआएको हो।'

सरकारले प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भूकम्पपछिको पुनर्निर्माणमा सहयोगसहितभारतले गरेको प्रतिबद्धता बारेमा छलफल गरिने कार्यसूची तय गरिसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: ८ भाद्र २०७४ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App