coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

यामाहाको एफजी २५ बाइक आउँदै

काठमाडौं – मोरङ अटो वर्क्सले यामाहा कम्पनीद्वारा उत्पादित दुई सय ५० सिसीको ‘नेकेड स्ट्रिट फाइटर’ एफजी२५ मोटरसाइकल बजारमा ल्याउने भएको छ । यामाहाले एफजी सिरिजको डिजाइन लाइनमा एफजी २५ ल्याउन लागेको हो ।
 
कम्पनीका अनुसार यो बाइकमा एयर कुल्ड, फोरस्ट्रोक, एसओएचसी, टूभल्भ, सिंगल सिलिन्डर भएको दुई सय ४९ सिसीको शक्तिशाली इन्जिन छ । ह्यान्डल सहज बनाउन यसको वजन एक सय ४८ केजी मात्र गरिएको छ । कम्पनीले यिनै विशेषता काकारण एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको बताएको छ ।
 
यसको डिजाइन ‘रोबस्ट’ जस्तै बनाइएको छ । नेपाली सडक सुहाउँदो बनाएको ‘स्ट्रिट फाइटर’ले अधिकतम माइलेज दिने र वातावरण मैत्री पनि भएको मोरङ अटोका सहायक महाप्रबन्धक दिपक रौनियारले बताए। 

‘अझ बढी पावर, आकर्षक नयाँफिचर, स्पोर्टी लुक र एग्रेभिस स्टाइल भएको यामाहाको नयाँ विकल्पले ग्राहकलाई सन्तुष्ट पार्नेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘एफजी२५ पावर, कन्ट्रोल र ब्यालेन्सको मिक्सचर हो । यो बाइक स्ट्रिट स्मार्ट र युवा राइडर्स प्रति लक्षित छ।’

उनका अनुसार यो बाइक पनि यामाहाको पुरानो एफजी जस्तै डाइमन्ड ट्युब फ्रेममा बनाइएको छ । यसमा फाइभ स्पिड गियरबक्स छ । यामाहाले यो इन्जिनभारत र नेपालको जस्तो ट्राफिक अवस्थालाई ध्यानमा राखेर बनाएको हो । यसको फ्युलइफिसेन्सी ४३ किलोमिटर प्रतिलिटर छ । यसमा१४ लिटर क्षमता भएको फ्युल ट्यांकछ। 

रौनियारका अनुसार फुल एलइडी हेडल्याम्प भएको यो पहिलो दुई सय ५० सिसीको स्पोर्टस् बाइक हो ।  यसमा एलइडी टेल ल्याम्पर घडी समेत जडान गरिएको छ । यो बाइकमा अटो हेडल्याम्प अन सुविधा छ । भारतले गतअप्रिलदेखि सबै बाइकमा यस्तोखाले हेडल्याम्प लगाउनुपर्ने नियमलागू गरिसकेको छ। 

प्रकाशित: २७ श्रावण २०७४ ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App