७ वैशाख २०८१ शुक्रबार
अर्थ

महिला उद्यमी महासंघले यसरी मनायो वार्षिकोत्सव (फोटो फिचर)

काठमाडौं-  नेपाल महिला उद्यमी महासंघ (एफविन)ले चौथ वर्षपछि पहिलो पटक वार्षिक उत्साब मनाएको छ। मंगलबार महासंघले पदाधिकारी र महिला व्यवसायीको उपस्थितीमा आफ्नै कार्यालयमा पहिलो पटक वार्षिक उत्सव मनाएको हो।

पूर्व अध्यक्ष छायाँ शर्माले महासंघले अहिलेसम्म लामो उतारचढाव पार गर्दै यहाँसम्म अाइपुगेकाे र अझै धेरै गर्न बाँकी रहेको बताइन्। पहिलोभन्दा अहिले व्यवसायमा प्रतिस्पर्धा बढ्दै गएको भन्दै उनले समेटिन नसकेका कैयन महिला व्यवसायीलाई महासंघले समेट्नु पर्नेमा जोड दिइन्

महासंघ स्थापना भएको १४ वर्ष हुँदासम्म पनि वार्षिक उत्सवको मितिमा कसैको ध्यान नगएको भन्दै महिला व्यवसायीहरूले कार्यालयका कर्मचारीबाट ‘सरप्राइज’का रुपमा आजको दिन (जुलाई ११) को दिन बार्षिक उत्सब मनाउन प्रस्ताव गरेको बताए।

‘हाम्रो संस्था १४ वर्ष पुग्दा वार्षिकउत्साब विर्सेका रहेछौं,’ महासंघकी कार्यावाहक अध्यक्ष शारदा रिजालले भनिन्, ‘अहिलेसम्म हामीलाई यो मिती थाहा थिएन् ।’ संस्थामा कार्यरत कर्मचारीले स्थापना मिति पत्ता लगाएर पदाधिकारीलाई ‘सरप्राइज’ कार्यक्रम तय गरेको उनले जानकारी गराइन्। 

कार्यक्रममा महासंघकी महासचिव शोभा ज्ञवालीले आर्थिक उपार्जन र सामाजिक आर्थिक क्षेत्रमा महिलाको सहभागिता मार्फत महिला उद्यमशिलता प्रवर्दन गर्ने उद्देश्यले सन् २००३ जुलाई ११ मा छाता संगठनको रुपमा नेपाल महिला उद्यमी महासंघ स्थापना भएको बताइन्।

ज्ञवालीले वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै १४ वर्ष अघि एक महिलाको लागि व्यवसाय गर्नु र त्यसमाथी एक संस्था खोल्न सजिलो वातावरण नभएको सम्झना गरिन्। कार्यक्रममा उनले भनिन्, ‘त्यो बेला आइपर्ने समस्याहरूको आरोह अवरोह पार गर्दै महिला उद्यमी महासंघ आज दिन एक सफल संस्थाको रुपमा स्थापित भएको छ।’

महासचिव ज्ञवालीले महासंघ ७५ जिल्लामै पुग्ने लक्ष्य राखेको भन्दै अहिलेसम्म देशभरमा २१ च्याप्टर खुलिसकेका छन् भने थप ९ वटा च्याप्टर खुल्ने क्रममा रहेको जानकारी गराइन् । ‘सक्षम महिलाले अरुलाई पनि आफू सरह सक्षम बनाउन सक्नु पर्छ,’ महासचिव ज्ञवालीले भनिन्, ‘यो कार्यक्रम विगत फर्केर हेर्ने र भविष्यको बाटो तय गर्ने दिन पनि हो।’  

कार्यक्रममा महासंघको सचिवालयकी कर्मचारी रमला स्थापितले दुई कोठाबाट सुरु भएको यो अफिस अहिले ठूलो भइसकेको बताइन् । उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘पहिलो यस संघ मार्फत कोही पनि काम गर्न इच्छुक थिएनन्,’ स्थापितले भनिन्, ‘अहिले हरेक संघसंस्था हाम्रो महासंघसँग सहयकार्य गरेर काम गर्न इन्छुक छन् ।’ उनले अहिले महासंघको नीतिहरू बनिसकेको, कर्मचारी पनि २० जना पुगिसकेको बताउँदै महासंघलाई अन्तर्राष्ट्रिय तहमै चिनाउने लक्ष्य राखेको बताइन्।

कार्यक्रममा महासंघकी संस्थापन सदस्य तथा पूर्व अध्यक्ष छायाँ शर्माले महासंघले अहिलेसम्म लामो उतारचढाव पार गर्दै महासंघ स्थापना भएको भन्दै अझै धेरै गर्न बाँकी रहेको बताइन्। पहिलोभन्दा अहिले व्यवसायमा प्रतिस्पर्धा बढ्दै गएको भन्दै समेटिन नसकेका कैयन महिला व्यवसायीलाई महासंघले समेट्नु पर्नेमा उनले जोड दिइन् । ‘हामी सबै पक्षमा पुरुष जस्तो हुन खोजेर हुँदैन। हामी महिलाका आफ्नै विशेषता छन्।’  उनले महासंघलाई संघीय संचरचना अनुसार परिवर्तन गर्दै जानु पर्ने बताइन्।

कार्यक्रममा तृतिय उपाध्यक्ष तथा सस्थापक सदस्य निरु रायमाझी खत्री, रेनु स्थापित, कार्यक्रम अधिकृत कोपिला डंगोललगायतले आफ्नो अनुभव सुनाएका थिए।

तस्बिरहरु: केशव थोकर  

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App